०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जाजरकोटमा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

जाजरकोट, ८ असार । जाजरकोट जिल्लाको सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ  ।
म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका हुन् । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री वितरण हुने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन नेतृत्वको अनुगमन टोलीले कोकाकोला १२ बोतल, फ्यान्टा २८ बोतल, स्प्राइट १५ बोतल, फ्रुटी एक दर्जन, भुजा सात प्याकेट, ५३ प्याकेट भुजा, मसला ४९ प्याकेट, सेन्चुरी पोट्याटो २० प्याकेट, हरियो मटर ३४ प्याकेट, स्नेहा रातो तीन प्याकेट, निम्बु चटपटे चार प्याकेट, कुरकुरे १४ प्याकेटलगायत म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।
अनुगमन टोलीबाट बरामद भएका खाद्यवस्तु बिहीबार विभिन्न कार्यालयका कार्यालय प्रमुख र पत्रकारको रोहबरमा नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!