०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

कोभिड बिरामीलाई नि.शुल्क एम्बुलेन्स संचालन

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

(ABC-Sanchar)
जुम्ला । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए ।

उनले भने, ‘निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।’ सङ्क्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष अलिमनियारले बताए ।

कोभिड एम्बुलेन्सको व्यवस्था गरेको विषयमा सङ्घले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई जानकारी गरेको अध्यक्ष मनियारले भने, ‘कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ ।’ सङ्घको हलमा आइसोलेशन बनाउने निर्णय पनि भएको छ । आइसोेलेशन कक्ष सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ ।

देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामूहिक भावनाका रुपमा काम गरे कोभिड– १९ को सामना गर्ने सकिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष मनियारले बताए । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य सङ्घको ल्यान्डलाइन नं ०८७ स् ५२००३८ मा फो गर्न सकिनेछ ।

यसैगरी, ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नंमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ । सम्पर्क व्यक्तिका रुपमा उद्योग वाणिज्य सङ्घको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ । प्रतिष्ठानको प्रवक्तामा डा रमेश जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले डा भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी ६ वर्षदेखि जुम्लामै रहेर सेवा पुर्याउँदै आएका छन् । बुटवल घर भएका युवा चिकित्सक डा भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदै आएका छन् । नवनियुक्त प्रवक्ताको कार्यकाल चार वर्षको हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]