३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

भुपेन्द्र बुढाथोकी प्रहरी सेवाका साथै गित संगितमा पनि उत्कृष्ट

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

तेज वली /जेठ,६ दाङ । बिक्रम सम्बत् २०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि लगनशील र बहुमुखी प्रतिभाका भएका व्यक्ति थिए। सानै देखि गीत संगीत तिर निकै चासो राखने आफ्ना परिवाजन,बाल्यकालका साथीहरुलाई आफुले गित गाएर सुनाउने गर्दथे बाल्यकालदेखि नै गित संगीत संगसंगै उनको अर्को सपना थियो,लाउरे बन्ने जिबनमा ठुलो उमेर भएर यी दुवै सपना पुरा गर्छु भन्ने आट लिएर भुपेन्द्रले बिक्रम सम्बत २०५९ सालमा सल्यान जिल्लावाट बसाई-सराई गरेर आफ्ना परिवारजन संगै उनीहरु दाङ तुलसीपुर शहर आएर उनले तुलसी बोर्डिंग स्कूल बाट आफ्नो अध्यन शुरु गरे । अध्यनको क्रममा बिक्रम सम्बत २०६८ सालमा उनले तुलसी बोर्डिंग स्कुलबाटै एसएलसी परिक्षामा निकै राम्रो नतिजा सहित डिस्टिंक्सनमा पास गरे,एसएलसी पछी उनले आफ्नो प्लस २ अध्यनका लागि तुलसीपुरमै रहेको गोर्खा स्कूलदेखि ब्यबस्थापन संकायमा अध्यन गरे ।

दुई वर्षको ब्यबस्थापन अध्यनमा पनि उनले डिस्टिंक्सनमै प्लस २ पास गरे त्यसपछी उनले आफ्नो लाउरे बन्ने सपना तिर अगाडी बढ्न थाले, पढाई निकै राम्रो भएतापानि उनि लाउरे बन्न चाहन्थे लाउरे बन्ने सपना लिएर लाउरेको तालिमका लागि दाङ जिल्लाको सदरमुकाम घोराही गए।त्यहा उनले लाउरे सम्बन्धि तालिम लिए निकै लामो समय सम्म तालिम गर्दा र धेरै प्रयास गर्दा पनि सफलता हात मिलेन लाउरेमा सफलता नमिले पछि उनले कोरिया जाने निधो बनाए कोरिया जानको लागि कोरियन भाषा सिक्न थाले कोरियन भासा सिक्दै गर्दा उनले नेपाल प्रहरीको सहायक निरिक्षकमा पहिलो प्रयास गर्ने बिचार गरे र उनि पहिलो पटकमै छनोट हुन् सफल पनि भए ।

बिक्रम सम्बत २०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनि १ वर्षको तालिम सकेर बाँके जिल्लामा पोसटिंग भएर आफ्नो पढाईलाई पनि निरन्तरता दिनुका साथै बाँकेमा कार्यरत रहदै गर्दा उनको गित संगीत क्षेत्रमा झुकाप रहन पुग्यो । लाहुरे बन्ने सपना भएका उनि, लाउरे बन्न नसकेपनि नेपाल प्रहरीमा भने आबद्द रहेर सोहि क्रममा उनले आफ्नो जिबनको पहिलो गीत निकाले “हामी नेपाल प्रहरी” जसमा स्वर थियो, चर्चित गाएक राजेस पाएल राईको र उक्त गीत उनले आफै लेखेका थिए,भने सोही गीतमा उनले अभिनय समेत गरेका थिए ।

उनले निकालेको दोस्रो गीत “फुल भनौँ जिन्दगीलाई” जसमा पुर्णिमा लामाको स्वर थियो र जुन गित पुर्णिमा लामाको पनि चर्चित गित बन्न पुग्यो र भुपेन्द्र बुढाथोकीले सोहि गितबाट एउटा अवार्ड समेत पाउन सफल भए । यसरी उनिले थुप्रै गितहरु लेखिसकेका छन र उनिले गितको साथ साथै पढाई लेखाइलाई निरन्तरता दिएकै कारण होला उनको मेहनतले गर्दा २०७७ मा उनि सहायक सहायक निरिक्षक बाट पहिलो पटकमै प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भए । हाल उनी प्रहरी निरिक्षक भएर ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत छन । उनले अहिले सम्म ९ वटा गीतहरु निकालिसकेका छन भने उनले आफ्नो पेशा र सौखलाई संगै अगाडि बढाउने सोँचेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका किसानमैत्री बनाउन र आम नागरिकहरुको आवागमनलाई सरल र सहज बनाउन उपमहानगरपालिकाका सरोकारवाला शाखाहरुले बिहान ४:०० बजे नै त्यहाँको समिती र टोलसङ्ग समन्वय गरि स्थलगत अनुगमन गरि तपशील बमोजिमका नियमहरु सम्बन्धितले अनिवार्य रुपमा पालना गर्नुपर्ने अन्यथा नियमानुसार जरिवाना समेत गर्ने ब्यबस्था गरेको छ : तपशील : १). कृषि बजार केन्द्रको गेटबाहिर, आसपासका […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!