२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालीम सुरु

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालिम सुरु भएको छ ।विजयनगर गाउपालिकाको सहयोग र विजयनगर समाजको आयोजनामा भएको उक्त तालिममा २५ जनाको सहभागीता रहेको छ ।तालिमको उद्धघाटन गर्दै विजयनगर गाउपलिकाका उपाध्यक्ष लक्ष्मि चौधरीले तालिममा सिकेका कुरालाई ब्याभारमा लागु गरी दक्ष संचारकर्मी बन्न आग्रह गर्नुभयो ।देशको चौथो अंग पत्रकार रहेकोले गलतलाई खबरदारी र सहिलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन पत्रकारले मात्र सक्ने वताउनु भयो ।त्यस्तै विजयनगर गाउपालिकाका प्रमुख प्रशाकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले विजयनगरमा संचालन हुन लागेको रेडियामा कर्मचारी अन्य ठाउवाट ल्याउन नपर्ने गरी तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।अन्य ठाउवाट ल्याएर रोजगार दिनु भन्दा गाउवासीलाई रोजगार दिनुपर्ने वताउदै तालिममा सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । जिल्लाको दक्षिणपश्चि क्षेत्रमा संचालन हुन लागेको रेडियो संचालनको लागी सो तालिम संचालन गरिएको छ ।

तालिमको पहिलो दिन रेडियो कार्यक्रम कसरी संचालन गर्ने,वोल्दा ध्यान दिनुपर्ने कुराहरु,शव्द छनोट लगाएतका विषयमा प्रशिक्षण दिइएको छ ।तालिमको पहिलो दिन दिपक केसी र माधव बेल्वासेले तालिमको सहजिकरण गर्नुभयो थियो ।विजयनगर समाजको अध्यक्ष रामप्रकट कोरीको अध्यक्षता,गाउपालिका उपाध्यक्ष लक्ष्मि चौधरीको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका सचिव दिपक भण्डारको स्वागत मन्तव्य रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]