२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङका सिडियो पौडेल एकशनमा मापदण्ड विपरित १० वटा क्रसर उद्योगहरु बन्द गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

 

(सागर थापा)
दाङ । मापदण्ड विपरित संचालित क्रसर उद्योग तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । जिल्लाका विभिन्न ठाउँमा बालुवा प्रशोधनको नाममा संचालित १० उद्योगले मापदण्ड विपरित क्रसर उद्योगसम्बन्धि काम गरेकोले तत्काल बन्द गर्न निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तीमा साविकको बिजौरी–४ मा रहेको स्वर्गद्वारी प्लान्ट प्रालि, साविक बिजौरी–६ मा रहेको जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरमा रहेको गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन उद्योग, मंगलम बालुवा प्रशोसधन उद्योगलाई आफ्नो काम तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ ।

त्यसैगरी साविक सतबरिया–२ मा रहेको बगारबाबा बालुवा प्रशोधन उद्योग, लमही–९ मा रहेको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलामा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, पूर्णागिरी एगृगेट बालुवा वासिङ उद्योग र बबई गाउँपालिका –६ मा रहेको कुप्रभिज्ञा बालुवा वासिङ उद्योगलाई काम बन्द गर्न गर्न प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललेद्वारा हस्ताक्षरित विज्ञप्तीमा मापदण्ड विपरित संचालित उद्योगलाई ४ जेठमै तत्काल काम बन्द निर्देशन दिइसकेको र अहिलेसम्म नियमित कार्य गरिरहेको हुँदा तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ । प्रशासनले आइतबार (आज) जारी गरेको विज्ञप्तीमा अटेर गरे सेवा सुविधा कटौति गरिने समेत चेतावनी दिइएको छ ।
प्रशासनको सुचनालाई अटेरी गरेको पाइएमा विद्युत, खानेपानी लगायतको सुविधा कटौति गरी उद्योग संचालकको बैंक खाता समेत रोक्का गरिने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]