२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङका सिडियो पौडेल एकशनमा मापदण्ड विपरित १० वटा क्रसर उद्योगहरु बन्द गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

 

(सागर थापा)
दाङ । मापदण्ड विपरित संचालित क्रसर उद्योग तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । जिल्लाका विभिन्न ठाउँमा बालुवा प्रशोधनको नाममा संचालित १० उद्योगले मापदण्ड विपरित क्रसर उद्योगसम्बन्धि काम गरेकोले तत्काल बन्द गर्न निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तीमा साविकको बिजौरी–४ मा रहेको स्वर्गद्वारी प्लान्ट प्रालि, साविक बिजौरी–६ मा रहेको जनविश्वास बालुवा वासिङ उद्योग, तुलसीपुरमा रहेको गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन उद्योग, मंगलम बालुवा प्रशोसधन उद्योगलाई आफ्नो काम तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ ।

त्यसैगरी साविक सतबरिया–२ मा रहेको बगारबाबा बालुवा प्रशोधन उद्योग, लमही–९ मा रहेको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलामा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, पूर्णागिरी एगृगेट बालुवा वासिङ उद्योग र बबई गाउँपालिका –६ मा रहेको कुप्रभिज्ञा बालुवा वासिङ उद्योगलाई काम बन्द गर्न गर्न प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललेद्वारा हस्ताक्षरित विज्ञप्तीमा मापदण्ड विपरित संचालित उद्योगलाई ४ जेठमै तत्काल काम बन्द निर्देशन दिइसकेको र अहिलेसम्म नियमित कार्य गरिरहेको हुँदा तत्काल बन्द गर्न निर्देशन जारी गरिएको छ । प्रशासनले आइतबार (आज) जारी गरेको विज्ञप्तीमा अटेर गरे सेवा सुविधा कटौति गरिने समेत चेतावनी दिइएको छ ।
प्रशासनको सुचनालाई अटेरी गरेको पाइएमा विद्युत, खानेपानी लगायतको सुविधा कटौति गरी उद्योग संचालकको बैंक खाता समेत रोक्का गरिने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!