०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

दलित समुदायको त्यो कालो दिन न्याय नदिने सरकारलाई सबक सिकाउ

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८


(ABC-Sanchar)
दाङ । गाउँ नै रुवाबासी भो अबोध बालकहरुको सामुहिक हत्या गरियो । जस्ले अकालमा ज्यान गुमाउनु पर्यो तिनिहरुले त न्याय पाहेनन नै तर मृतकका परिवार र सिङ्गो देशभरका दलितले पनि न्याय पाउन सकेनन। विभिन्न तहबाट सरकारसग स्पष्ट छानबिन गरि न्याय दिलाउन कयौंपटक माग गरियो तर सरकारले दलितका मागको कुनै सुनुवाइ गरेन, अटेर गरिरहयो।
यति ठुलो जनसागर आन्दोलनमा उर्लियो यो मासलाई पनि न्याय दिएन।
धिक्कार छ सरकार अनि आफ्नो समुदायकोलागी नबोल्ने राजनैतिक कार्यकर्ता अनि धिक्कार छ यिनै राजनितिक दलको पछि लागेर हिड्नेहरुलाई।
अब सबै छोडनु पर्छ र न्यायको लागि एक हुनु पर्छ
सबै एकतामा बाधिएर न्यायकोलागि सरकारलाई दबाब दिनु पर्छ। हाम्रो आन्दोलन कुनै ब्यक्ति बिशेषको न्यायका नभएर सम्पुर्ण दलित समुदायको अस्तित्व, अधिकार र न्यायका लागि भएर अन्तिमपल्ट चेतावनीपुर्ण रुपले आन्दोलनमा गरौ । अधिकार कसैले दिने सामान होइन यो त लडेर र खोसेर लिने बिषय हो।
रुकुममा हत्या गरिएका नबराज बि क लगाएत ६ जना भाईहरुको आत्माले शान्ति पाओस । सबै प्रती हार्दिक श्रद्धाञ्जली

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!