०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बिरामीको लागि अक्सिजन सिलिन्डर सहयोग गर्दै लायन्स क्लबका युवाहरू

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

 

(सबि अधिकारी)
दाङ । दोस्रो चरणको कोभिड १९ माहामारी बढिरहदा संक्रमितलाई अक्सिजनको अभाव देखिएपछि दाङका युवाहरु अक्सिजनको जोहोमा जुटेका छन् । लायन्स क्लब अफ देउखुरी मार्फत हामी सेवा गर्छौं अभियान सहित दाङका अस्पतालमा रहेका बिरामीहरुलाई अक्सिजन जुटाउदै आएका हुन् ।

लहमीको रातो डाँडामा रहेको लमही कोरोना अस्पताललाई आज मंगलवार १९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । महामारीको समयमा सेवामा तल्लीन क्रसर ब्यबसायि सागर मरासिनी,प्रकाश वि सी, ज्ञ्यानु के सी र दिपक के सीले जुटाएको रु ३०००० बाट अक्सिजन सिलिन्डर रिफिल गरेको क्लबका अध्यक्ष रेशम खड्काले जानकारी दिए ।

यो क्लबले अस्पतालमा अक्सिजन सिलिण्डर अभाव भएमा त्यसको जोहो गर्दै आएको छ । अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन लायन्स क्लब देउखुरीका सदस्यहरु ‘अक्सिजन सिलिण्डरका लागि यो अभियान सुरु गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!