(सबि अधिकारी)
दाङ । दोस्रो चरणको कोभिड १९ माहामारी बढिरहदा संक्रमितलाई अक्सिजनको अभाव देखिएपछि दाङका युवाहरु अक्सिजनको जोहोमा जुटेका छन् । लायन्स क्लब अफ देउखुरी मार्फत हामी सेवा गर्छौं अभियान सहित दाङका अस्पतालमा रहेका बिरामीहरुलाई अक्सिजन जुटाउदै आएका हुन् ।
लहमीको रातो डाँडामा रहेको लमही कोरोना अस्पताललाई आज मंगलवार १९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । महामारीको समयमा सेवामा तल्लीन क्रसर ब्यबसायि सागर मरासिनी,प्रकाश वि सी, ज्ञ्यानु के सी र दिपक के सीले जुटाएको रु ३०००० बाट अक्सिजन सिलिन्डर रिफिल गरेको क्लबका अध्यक्ष रेशम खड्काले जानकारी दिए ।
यो क्लबले अस्पतालमा अक्सिजन सिलिण्डर अभाव भएमा त्यसको जोहो गर्दै आएको छ । अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन लायन्स क्लब देउखुरीका सदस्यहरु ‘अक्सिजन सिलिण्डरका लागि यो अभियान सुरु गरेका हुन् ।