१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

कपिलवस्तुमा इन्धन र मलको अभावले किसान चिन्तित ॥

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

राघबेन्द्र चौबे (पकडी )कपिलवस्तु -०८
कपिलवस्तु जिल्लामा इन्धनको अभावले सबै क्षेत्रमा महँगी बढेको छ । जसले गर्दा सर्वसाधारण नागरिक मर्कामा परेका छन् । इन्धन अभाव हुँदा सबैभन्दा बढी किसान परेका छन् ।
खेत जोत्न र धान रोप्ना किसानहरुले महँगो रकम बुझाउन परेको छ । इन्धन अभाव भन्दै ट्याक्टरले महँगोमा खेत जोत्ने गरेको छ । खेत बाँझै राख्नुभन्दा ऋण गरेर भएपनि किसानले खेत जोतेका छन् । ट्याक्टरहरुले मनपरि भाडा लिने गर्दा किसानहरु थप मारमा परेका हुन् । ट्याक्टरले गत वर्ष २५÷३० रूपैयाँ प्रतिमिनेट जोत्ने गरे पनि यस वर्ष प्रतिमिनेट ४० रूपैयाँमा जोतेका छन् । पेट्रोल पम्पमा आएको डिजल लाइनमा बसेर भरे पनि उनीहरुले घण्टौँ लाइनमा कुर्नु परेको र पर्याप्त तेल नपाउँदा महँगोमा तेल किन्नु परेको भन्दै जोताइ खर्च बढाइएको छ ।त्यसैगरी इन्धन अभावले मल ढुवानी हुन नसकेपछि एग्रोभेटमा अवैध रुपमा ल्याइएका युरिया मल कपिलवस्तुका किसानले प्रतिकिलो ग्राम ७० रूपैयाँसम्ममा खरिद गर्न बाध्य भएका छन् । जबकि अहिले मलको बजार मूल्य प्रतिकिलो ३५ रूपैयाँ रहेको छ ।त्यस्तै, किसानहरुले यतिबेला धान रोपने सिजन भएकाले पनि महँगो शुल्क तिरनु परेको छ । गतवर्ष प्र्रतिघण्टा १५सयदेखि १८ सयसम्ममा किसानहरुले अहिले प्रतिघण्टा २० सयदेखि २५ सयसम्ममा खेत जोत्ने गरेका छन् । महँगोमा खेत जोताउने, मल पनि महँगोमा तिर्ने र बीउ पनि महँगोमा किन्नु परेकोले किसानहरुले यस वर्ष खेती गरेर आम्दानीभन्दा खर्च बढी हुने भन्दै चिन्तित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]