१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि जुट्यो बुद्ध एयर

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

काठमाडौँ, ९ असार -बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ ।
बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बुद्ध एयरका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले बुद्ध एयरको सो घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसैअनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणालगायत आवश्यक पूर्वाधार अध्यागमनर भन्सार छ महिनाभित्र निर्माण गरिसक्ने विश्वास दिलाउनुभएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल ६२६ लाई दुईतर्फी मार्गमा रुपमा स्थापित गरेको छ । सो सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि नयाँदिल्लीको हवाई उडान करीब एक घण्टा १० मिनेटमा भर्न सकिने छ ।
नेपालगञ्जबाट सीधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा प्रदेश नं ५, ६ र ७ को आर्थिक समृद्धिमा कायापलट गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । यसले प्रदेश नं ५ को बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश नं ६ को राराताल, प्यूठानको स्वर्गद्वारी तथा डोटीको खप्तडलगायत क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ ।
नेपालगञ्ज–नयाँ दिल्ली–नेपालगञ्ज अन्तर–सीमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध बुद्ध एयरले दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ । नेपालगञ्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरले बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]