१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि जुट्यो बुद्ध एयर

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

काठमाडौँ, ९ असार -बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ ।
बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बुद्ध एयरका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले बुद्ध एयरको सो घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसैअनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणालगायत आवश्यक पूर्वाधार अध्यागमनर भन्सार छ महिनाभित्र निर्माण गरिसक्ने विश्वास दिलाउनुभएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल ६२६ लाई दुईतर्फी मार्गमा रुपमा स्थापित गरेको छ । सो सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि नयाँदिल्लीको हवाई उडान करीब एक घण्टा १० मिनेटमा भर्न सकिने छ ।
नेपालगञ्जबाट सीधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा प्रदेश नं ५, ६ र ७ को आर्थिक समृद्धिमा कायापलट गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । यसले प्रदेश नं ५ को बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश नं ६ को राराताल, प्यूठानको स्वर्गद्वारी तथा डोटीको खप्तडलगायत क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ ।
नेपालगञ्ज–नयाँ दिल्ली–नेपालगञ्ज अन्तर–सीमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध बुद्ध एयरले दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ । नेपालगञ्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरले बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले प्रशिक्षण स्थलको समग्र अवस्थाको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको तालिम सम्बन्धी जानकारी लिनु भई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ।

दाङ । जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को […]

error: Content is protected !!