२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा एसपी पाण्डेकाे सक्रियता ३ गुणा बढी राजस्व संकलन

Logo
प्रकाशित बिहिबार, जेठ २०, २०७८

(रवि वर्णवाल)
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामै गत आर्थिक वर्षको तुलनामा तीन गुणा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्ममा भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा ३१ करोड ९५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको हो ।

गत आर्थिक वर्षमा कार्यालयले उक्त शीर्षकअन्तर्गत ८ करोड ३८ लाख ७३ हजार रुपैयाँ संकलन गरेको थियो । कार्यालयले सबैभन्दा बढी कात्तिकमा १९ करोड ५८ लाख १६ हजार रुपैयाँ उठाएको थियो । सबैभन्दा कम मंसिरमा ६१ लाख ३८ हजार रुपैयाँ संकलन भएको थियो ।

कार्यालयका अनुसार मरिच, मटर, सवारीसाधन, विद्युतीय सामान, पार्टपुर्जा, लत्ताकपडा, किराना तथा खाद्यान्न र अन्य वस्तुको भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा उक्त राजस्व संकलन भएको हो ।

यस अवधिमा अन्य शीर्षकमा २० करोड ३ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै, लत्ताकपडाबाट ९ करोड ९१ लाख र किराना तथा खाद्यान्नबाट ९ करोड ८३ लाख रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांक छ ।

गत वर्ष भने मरिच र सवारीसाधन शीर्षकतर्फ उक्त कार्यालयले बढी राजस्व उठाएको थियो । गत वर्ष मरिच चोरी निकासीतर्फ ३ करोड ३७ लाख र सवारीसाधनतर्फ ५ करोड ४० लाख रुपैयाँ उठेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले राजस्व संकलन बढ्नुमा सीमा नाकामा गरिएको कडाइ नै प्रमुख कारण भएको बताए । ‘सीमामा सशस्त्र प्रहरी तथा प्रहरीका युनिटहरु खटिएका छन्, जसमार्फत चोरी निकासीका सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाउने गरिएको छ,’ उनले भने, ‘जसका कारण राजस्व संकलन पनि बढिरहेको छ ।
निषेधाज्ञाका कारण पछिल्लो समय चोरी निकासीको घटनामा कमी आएको उनको भनाइ छ । ‘खुला सीमा भएका कारण यहाँबाट बढी मात्रामा लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री तस्करी भएको देखिन्छ । पछिल्लो समय निषेधाज्ञाका कारण केही कमी आएको छ । तर, पनि यस्तो मौका छोपेर तस्करी गर्नेहरुलाई नियन्त्रणमा लिने, कारबाही गर्ने काममा प्रहरी निरन्तर खटिएको छ,’ उनले भने । फर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]