(सागर थापा)
दाङ । नदीजन्य ढुङ्गा, गिट्टी ,वालुवा वा चुरेका ढुङ्गेखानी पहाडलाई EIA/IEE वातावरण प्रभाव मूल्यांकन गरी वैज्ञानिक ढंगले खनिज जन्य क्षेत्रलाई परिचालन गर्नु मनासिब छ । नेपालका बहुसंख्यक नदी र खोलामा भएका नदीजन्री बस्तु यो वा त्यो बाहाना प्रयोगमा नाआउने तर बर्षायामको बाढीले बर्सेनि बगाएर दक्षिण भारतलाई सहजरूपमा स्रोत बनेको छ तर हाम्रो देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ व्यक्ति वयक्तिमा ऋणको भारको चिन्ता छ।जुन देशमा जे स्रोत प्रयाप्त छ उक्त चिज मुलुकको खपत भन्दा बढी बाहिर निकासी गर्नु सुखद पक्ष हो। हामी पश्चिममा देश हेरौ न अरबले पेट्रोलियम बस्तु, भारतले, चाईना, बंगलादेश ,पाकिस्तानले खधन्न, लगायत अरू सबै देश कसरी समृद्धि छन नकि नेपाल बनजंगलको धनी देश बनजंगल भित्र कयौं परिमाणमा सुख्ड/ढलापडा/बूढो काठजन्य बस्तु आगोले खरानी भएको छ र यति हुदाहुदै पनि मलिशिया बाट आयातित कमशल फर्निचरमा बर्षेनी अरबौ रकम बाहिरको सर्वबिदितै छ जून नेपालको लागि दुखद् पक्ष हो। हाम्रो देश सधैं अन्तरास्ट्रिय व्यापार घाटामा छ कसरी हुन्छ देश बिकास ? कहिले हुने आत्मनिर्भर ?कसरी बन्छ समृद्धि ? अनि खुल्मखुल्ला भ्रष्टाचार , कुर्सी को लडाइँ ? जनताको मुल्य सडकको कुत्ताको जति पनि छैन? खोई रोजगारी ? खोइ गाँस ,खोइ बाँस? खोइ सुरक्षा? सबै छर्लङ्ग छ ….त्यसैले मेरो देशको चिन्ता छ मलाई म भन्छु कुनै पार्टीले नगरे हुन्छ राजनीति ? कृपया आफ्नो प्रतिक्रिया सभ्य भाषामा दिनु होला। (वडाध्यक्ष) बाबुराम अधिकारी गढवा गाउँपलिका १ नम्बर वडा कार्यालय देउखुरी दाङ