०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

डा.योगीद्धारा सरुमारानी गापाको आइसोलेसनलाई डेढ लाखको स्वास्थ्य सामाग्री सहयोग

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८


(ABC=Sanchar)
भालुवाङ । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना अाइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार बराबरको ४ थान पल्स अक्सीमेटर, २ हजार ५ सय रुपैयाँ बराबरको ५० जोडा सर्जिकल पन्जा, ३ हजार रुपैयाँ बराबरको ५ लिटर भास्कर सेनिटाईजर, १ हजार २ सय रुपैयाँ बराबरको ४ पोका सर्जिकल मास्क गरी कुल १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीलाई प्रदान गरेका हुन् ।
कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरेको डा. शंकरनाथ योगीले जानकारी दिएका छन् । साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीले डा. योगीको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!