२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डा.योगीद्धारा सरुमारानी गापाको आइसोलेसनलाई डेढ लाखको स्वास्थ्य सामाग्री सहयोग

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८


(ABC=Sanchar)
भालुवाङ । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना अाइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार बराबरको ४ थान पल्स अक्सीमेटर, २ हजार ५ सय रुपैयाँ बराबरको ५० जोडा सर्जिकल पन्जा, ३ हजार रुपैयाँ बराबरको ५ लिटर भास्कर सेनिटाईजर, १ हजार २ सय रुपैयाँ बराबरको ४ पोका सर्जिकल मास्क गरी कुल १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीलाई प्रदान गरेका हुन् ।
कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरेको डा. शंकरनाथ योगीले जानकारी दिएका छन् । साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीले डा. योगीको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]