२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राष्ट्रिय जनमोर्चा जिल्ला दाङको प्रेस बिज्ञपति यस्ता छन् …

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

(ABC=Sanchar)
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको पुर्ण बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भर्चुअल माध्यमबाट मिति २०७८ जेष्ठ २३ गते सम्पन्न भएको छ । बैठकलाई केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापाले सम्बोधन गर्नु भएको थियोे । बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

१ अहिले कोभिड संकटका कारण सिङ्गो देश आक्रान्त बनेको छ । हाम्रो जिल्ला पनि धेरै संक्रमीत हुने जिल्लामा रहेको छ । यसैका कारण निषेधाज्ञा लागू भएको पनि एक महिना भन्दा बढी भएको छ । संक्रमितको राम्रो उपचार हुन सकेको छैन । काम बिहिन भएका मजदुरहरुको दैनिक खर्च चलाउन गारो भएको छ । अत्यावश्यक कामले सबारी साधन प्रयोग गरि यात्रा गर्नुपर्ने नागरिकलाई झन्जटिलो विधि अपनाएर सताउने काम भएको छ । क्न्ट्रयाक ट्रेसिङको काम नै भएको छैन । पिसिआर परिक्षण आम नागरिकको पहुचमा पुग्नै सकेको छैन । त्यसैले यी सबैकुरा सहज , सर्बसुलभ र निसुल्क ब्यबस्था गर्न जरुरी छ । संक्रमीत र आम नागरिकमा डर त्रासको बाताबरण भएको तथा कतिपय नागरिक भोक भोकै बस्नु पर्ने अबस्था आएकोले उपलब्ध भए सम्म स्वास्थ्य कर्मी सहित सहयोग र सहजीकरणको लागि प्रत्यक वाड्मा तीन देखि पाच जना सम्मको टोलि संक्रमीत , सम्भाबित र बिपन्न नागरिकको घर घरमा पुग्ने निर्णय भयो।

२ ओलि सरकारको असम्बैधानिक,अधिनायकवादी र राष्ट्रघाती कदमको बैठकले बिरोध गरेको छ । अहिले उक्त कदमका विरुद्ध आन्दोलनमा जाने अवस्था नभएकोले भर्जुवल माध्यमबाट ओलि सरकारको असम्बैधानिक , अधिनायकवादी तथा राष्ट्रघाती कदम र सयुक्त आन्दोलनको आबस्यक्ता विषयक अन्तर्कृया कार्यक्रम जेष्ठ २६ गते गर्ने निर्णय भयो ।

३ दाङ देउखुरीको राप्ती नदि बाट नदि जन्य पदार्थको अनियंत्रित रुपमा उत्खनन भएकोले बैठकले त्यसको बिरोध गरेको छ । बारम्बार पुलिस प्रसासन लाई भन्दा पनि त्यो कार्य रोकिएको छैन । त्यसका विरुद्धमा आम नागरिक को साथमा आन्दोलनलाई अगाडी बढाउदै जाने र तत्काल उत्खनन कार्य रोक्ने माग सहित सबै पालिकामा ज्ञापनपत्र बुझाउने निर्णय भयो ।

४ अन्तमा कोभिड संक्रमितको स्वास्थ्यलाभ र मृतक सबै प्रती बैठकले श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त सबैमा गहिरो समबेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]