१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

प्युठानमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

रमेश गिरी,९ असार/ प्युठान

प्युठानमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्युठान नगरपालिकाको आयोजना तथा सिद्धबाबा सुपर स्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बुटवलको प्राबिधिक सहयोगमा शिविर संचालन गरिएको हो । स्वर्गद्धारी बहुमुखी क्याम्पस पुर्णयखोलामा संचालीत नि:शुल्क स्वास्थ्य शिविरको उद्धघाटन प्रदेश सभा सदस्य कृष्णध्वज खड्काकाे स्वस्थ्य परिक्षण गरि उदघाटन गरिएकाे थियो ।

स्वस्थ्य शिविरमा मुटु रोग, दम छाती तथा फोक्सो सम्बन्धि रोग, स्त्री तथा प्रसुती रोग, फिजिसियन, रेडियोलोजि, मस्तिस्क तथा स्नायु सम्बन्धि रोगहरूकाे स्वास्थ्य परिक्षण गरिने अायाेजकले जनाएकाे छ ।

प्युठान नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न राेगका विरामीहरूलाई अाफ्नै नगर भित्र विशेषज्ञ सेवा शिविरका माध्यमबाट उपलब्ध गराउने प्रयास गरेकाे नगर प्रमुख अर्जुन कुमार कक्षपतीले बताउनु भएकाे छ । स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखाेलामा अाज विहान देखि स्वास्थ्य परिक्षण सुरू भएकाे छ । उक्त शिविरमा प्युठान जिल्लाका धेरै स्थानबाट रोगीहरू बिशेषज्ञ डाक्टरद्वारा उपचार गराउन घुईचो लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]

दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]