१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

प्युठानमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

रमेश गिरी,९ असार/ प्युठान

प्युठानमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्युठान नगरपालिकाको आयोजना तथा सिद्धबाबा सुपर स्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बुटवलको प्राबिधिक सहयोगमा शिविर संचालन गरिएको हो । स्वर्गद्धारी बहुमुखी क्याम्पस पुर्णयखोलामा संचालीत नि:शुल्क स्वास्थ्य शिविरको उद्धघाटन प्रदेश सभा सदस्य कृष्णध्वज खड्काकाे स्वस्थ्य परिक्षण गरि उदघाटन गरिएकाे थियो ।

स्वस्थ्य शिविरमा मुटु रोग, दम छाती तथा फोक्सो सम्बन्धि रोग, स्त्री तथा प्रसुती रोग, फिजिसियन, रेडियोलोजि, मस्तिस्क तथा स्नायु सम्बन्धि रोगहरूकाे स्वास्थ्य परिक्षण गरिने अायाेजकले जनाएकाे छ ।

प्युठान नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न राेगका विरामीहरूलाई अाफ्नै नगर भित्र विशेषज्ञ सेवा शिविरका माध्यमबाट उपलब्ध गराउने प्रयास गरेकाे नगर प्रमुख अर्जुन कुमार कक्षपतीले बताउनु भएकाे छ । स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखाेलामा अाज विहान देखि स्वास्थ्य परिक्षण सुरू भएकाे छ । उक्त शिविरमा प्युठान जिल्लाका धेरै स्थानबाट रोगीहरू बिशेषज्ञ डाक्टरद्वारा उपचार गराउन घुईचो लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!