(सागर थापा)
दाङ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने दाङका ४० जना उद्याेगि ब्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । केहिदिन यता लकडाउन उल्लघङ्न गर्ने ब्यवसायीमाथी जिल्ला प्रहरी कार्यालय दाङले निगरानी बढाएको छ । लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई पनि दाङ प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । लकडाउन उलङ्घन हुन थालेपछि दाङ प्रहरीले कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपि मुकुन्द रिजालका अनुसार अहिलेसम्म ४० जना ब्यवसायीलाई पक्राउ परेको जानकारी दिए । लकडाउन उलङ्घन गर्नेक्रम बढेमा प्रहरीले मुद्धा दर्ता गरेर अघि बढ्न बाध्य हुने बताए । पक्राउ परेका ब्यवसायिलाइ केही समय नियन्त्रणमा लिइ सम्झाइ बुझाइ गरेर उद्याेग बाणिज्य संघका अध्यक्षको रोहबरमा छाडिएको बताए ।
लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई होल्डिङ गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय दाङले जेठ २५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।