(ABC=Sanchar)
दाङ । बंगालाचुली गाउँपालिकाको गाडी जेठ २१ गते दुर्घटना भएको थियो । गाउँपालिकाको लु १ झ ६१६ नम्बरको गाडी घोराही–मुर्कुटी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ पालुथानमा दुर्घटना भएको हो ।
गाउँपालिकाबाट घोराहीतर्फ आउँदै गर्दा गाडी दुर्घटनामा परेको थियो । गाडीमा चालकसहित ४ जना रहेपनि उनीहरु सकुशल रहेको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाश वलीले चलाएका थिए । प्रकाशले चलाएको गाडी अनियन्त्रित भएर सडकबाट ५ मिटर तल खसेको दाङ प्रहरीले जनाएको छ ।