१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बाँकेमा क्यान्सर अस्पताल सञ्चालनमा आउने

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

नेपालगञ्ज, १० असार – बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ ।
ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।
अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको बताए।
सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ ।
यो अस्पतालको सेवा प्रारम्भ भएपछि ५, ७ नं र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]

दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]