०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

कामकाज ठप्प भएको बेला अभिभावक माथी विद्यालयको भार किन ?

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

(समीर अली बेहना)
बाँके । संकट त्यो समय अवधि हो जुन अवधिमा एक मानवले आर्को मानवलाई सहयोग गर्नुपर्ने हुन्छ । मानव जाती माथी संकट परेको बेला अवसर खोजिनु मानव नैतिकता विपरीत हुन्छ । यसबाट समाज, देश र नागरिक सबैमा नकारात्मक असर परेको हुन्छ । संकट विभिन्न प्रकारको हुन्छ आर्थिक, सामाजिक, भौतिक, धार्मिक, प्राकृतिक इत्यादि । मानव जातिलाई अल्लाहले (ईश्वरले ) अन्य प्राणीहरु भन्दा उच्च र प्रतिष्ठित बनाउनु भएको छ । एउटा मानव माथी संकट आउनु भनेको समाजको माथी संकट आएको मान्नु पर्छ र आफ्नो समाजमा रहेको प्रत्येक व्यक्तिको समस्या बुझ्नु र सहयोग गर्नु मानव जातीको कर्तव्य र धर्म हो । अहिले कोरोना महामारीको अवधि चलिरहेको छ जसबाट आमनागरिक निकै संकटमा परेको छ । यसमहामारीका कारण विश्व नै प्रभावित भएको देखिन्छ । लाखौं जनमानस संक्रमणको सिकार भएका छन्, लाखौंको मृत्यु भएको छ, अनगिनत घरपरिवारले भोकमरीको सिकार हुनु परेको छ भने लाखौंको संख्यामा मानिसहरुले रोजगार गुमाउनु परेको छ । विश्व नै कोरोना महामारीबाट ग्रसित भएको बेला गैरसरकारी विद्यालयहरुले विद्यार्थी माथी अत्यधिक शुल्क लगाउनु र पढाई नै नभएको अवधिको समेत शैक्षिक महशुल लिनु कतिको जायज हो ? विश्व समुदाय नै कोरोना महामारीबाट जनतालाई जोगाउन लकडाउन जस्ता नियम कानून लगाएर आफ्नो देशको नागरिकहरुको सुरक्षित गर्नु परेको अवस्था यहाँहरुलाई सर्बविदितै छ । एउटा मानवको पिडा बुझ्नु र मानव माथी आएको समस्या समाधान गर्ने सबैभन्दा पहिलो कर्तव्य मानव कै हुन्छ भन्ने कुरा धार्मिक र मानवताको दृष्टिले हेर्न सकिन्छ भने आफ्नो देशको नागरिकहरुलाई सेवा सुबिधा दिनु र तिनीहरुको संरक्षण गर्नु राजनीतिक दृष्टिले सरकारको कर्तव्य र जिम्मेवारी हो । अहिलेको परिस्थितिमा जनतालाई एक छाक खाना जुटाउन धौधौ परेको बेला गैरसरकारी विद्यालयहरुले अनावश्यक महशुल अशुली गर्नु, बन्दाबन्दिको कारण ब्यापार गर्न नपाएको ब्यापारीहरुले भवन शुल्क तिर्नु , कामकाज ठप्प भएको गरीब पीडित असाहायहरुले विद्धुत महशुल तिर्नु भनेको नागरिकहरु माथी थप भार हो । नेपाल सरकारले गत वर्ष पनि कोरोना महामारी न्यूनीकरण गर्न लकडाउन लगाएको थियो । उक्त लकडाउनको प्रभाव शैक्षिक , आर्थिक , भौतिक , सामाजिक , धार्मिक , सांस्कृतिक व्यावसायिक, राजनीतिक सबै क्षेत्रमा परेको थियो । जसको नकारात्मक प्रभावकोबाट अहिलेसम्म पनि पुर्ण रूपमा जनता आर्थिक सामाजिक , शैक्षिक इत्यादि रुपले सक्रिय भएको छैन । कोरोना महामारी कै कारण शैक्षिक प्रवाह स्थगित गरियो, स्वस्थ प्रणालीमा समेत सरकारले संतोषजनक सेवा सुबिधा दिन सकेन । राजनीतिक परिवर्तन र संघर्ष निरन्तर जारी रहयो । यस्तो विषम परिस्थितिमा सरकारले जनताको मर्मलाई बुझ्दै अनावश्यक शुल्क, महशुल र भाडाहरु माफ गर्नु गराउनु अत्यन्त जरुरी छ ।

यस लेखमा म अन्य क्षेत्रहरू भन्दा पनि शैक्षिक क्षेत्रको बारेमा आफ्नो केही विचार र प्रश्नहरु राख्ने छु । सबैभन्दा पहिला त नेपाल सरकारले बनाएको शैक्षिक प्रणाली कस्तो छ ? के सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुले सबै सेवा सुबिधा पाएको छन् ? प्रत्येक वर्ष सरकारी विद्यालयबाट एस ई ई दिने जम्मा कति विद्यार्थी सहभागिता जनाएको हुन्छन् र उत्तीर्ण हुनेको संख्या कति छ ? प्राइभेट विद्यालयबाट पढ्ने विद्यार्थीहरुको पास हुने संख्या कति छ ? जबाफ अहिलेको शैक्षिक प्रणाली र विद्यालयमा रहेको शैक्षिक सेवा सुबिधा प्रसंशानिय छैन । मेरो व्यक्तिगत सर्वेक्षणमा मैले बाँके जिल्लाको अधिकांश सरकारी विद्यालयहरुमा पढेर आएको र पढ्ने विद्यार्थीहरुसंग केहि प्रश्न गर्दा यस्तो विद्यालयहरु देखे जहाँ कक्षा १० मा पढ्ने विद्यार्थीले १० वटा अङ्ग्रेजीमा नाम लेख्न सक्ने अवस्था छैन । अङ्ग्रेजी विदेशी भाषा रहेकोले अप्ठ्यारो हुन्छ मान्न सकिन्छ तर नेपालीमा समेत दुई चार वटा कठिन शब्दवाली लेख्न लगाएमा लेख्न नसक्ने विद्यार्थी पनि देखा परे । यसको कारण कि अध्यापकको लापरबाही हो कि त विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरुको शैक्षिक विकासको मुल्यांकन र ब्यवस्थापन गर्न सकेको छैन । तपाईं यदि तथ्यांक उठाएर हेर्नू हुन्छ भने सरकारी विद्यालयमा पढ्दै गरेको एसईई दिने विद्यार्थीहरु १००% मध्ये ५०% ले पनि उत्तीर्ण गरेको हुँदैनन् । बाँकी विद्यार्थी उत्तीर्ण नहुनुको कारण के ? म कक्षा १० मा अध्यनरत हुँदा मेरो एकजना अध्यापकले भन्नू हुन्थ्यो एउटा विद्यार्थी माथी नेपाल सरकारले १ लाख देखि १ लाख २० हजार सम्म कक्षा १ देखी १० सम्म लगानी गरेको हुन्छ । मत्लब एउटा विद्यालयको कक्षा १० पढ्ने यदि ३० जना विद्यार्थी छन् भने वार्षिक ३० लाख देखि ३६ लाखसम्म एउटा विद्यार्थीहरु माथी लगानी हुन्छ । ३० लाख देखि ३६ लाख लगानी गरेर सरकारले जम्मा ५ लाख बराबरको उपलब्धि प्राप्त गर्नुको कारण के ? सरकारी स्कुलको लागि आएको बजेटबाट निर्माण भएका शौचालयहरु, खानेपानी, बेञ्च, कक्षा भित्ताको पेन्टिङ लगायतको काम हुन्छ । तर त्यो काम कतिको गुणस्तरीय छ भन्ने कुरा कहिले अवलोकन हुन्न । सरकारी र गैरसरकारी विद्यालयमा पढ्ने केही विद्यार्थीहरुसंग मैले संवाद गर्दा उहाँहरुको भनाइ केही यस्तो थियो, एकजना शिवराज वर्मा हुनुहुन्छ र उहाँ नेउरी गौढी बेताहनीका विद्यार्थी हुनुहुन्छ, उहाँले भन्नू हुन्छ `जब म कक्षा १० को परिक्षा दिएको थिए त्यति बेला विद्यालयबाट करिब ३२ जनाले परिक्षामा सहभागिता जनाएको थिए जबकी २ जना उत्तीर्ण भएको थिए र ५ जना कम्पार्डमा परेका थिए । त्यस्तै साल २०६९ मा धम्भोजी माध्यमिक विद्यालय नेपालगञ्जबाट निशा थापाले भन्नू हुन्छ , `म परीक्षा दिंदा करिब ८० जना विद्यार्थी थिए तर उत्तीर्ण हुनेको संख्या १८ जना मात्र थियो´ । त्यस्तै फुल्टेक्रा माध्यमिक विद्यालय नेपालगञ्जबाट म स्वम छु जब मैले परिक्षा दिएको थिए ३७ जनाले सहभागिता जनाएको थिए जबकी उत्तीर्ण हुनेको संख्या १-५ सम्म कम्पार्ड मिलाएर थियो । परिक्षामा सहभागिता जनाउनेहरुको ५०%

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]