०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

कामकाज ठप्प भएको बेला अभिभावक माथी विद्यालयको भार किन ?

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

(समीर अली बेहना)
बाँके । संकट त्यो समय अवधि हो जुन अवधिमा एक मानवले आर्को मानवलाई सहयोग गर्नुपर्ने हुन्छ । मानव जाती माथी संकट परेको बेला अवसर खोजिनु मानव नैतिकता विपरीत हुन्छ । यसबाट समाज, देश र नागरिक सबैमा नकारात्मक असर परेको हुन्छ । संकट विभिन्न प्रकारको हुन्छ आर्थिक, सामाजिक, भौतिक, धार्मिक, प्राकृतिक इत्यादि । मानव जातिलाई अल्लाहले (ईश्वरले ) अन्य प्राणीहरु भन्दा उच्च र प्रतिष्ठित बनाउनु भएको छ । एउटा मानव माथी संकट आउनु भनेको समाजको माथी संकट आएको मान्नु पर्छ र आफ्नो समाजमा रहेको प्रत्येक व्यक्तिको समस्या बुझ्नु र सहयोग गर्नु मानव जातीको कर्तव्य र धर्म हो । अहिले कोरोना महामारीको अवधि चलिरहेको छ जसबाट आमनागरिक निकै संकटमा परेको छ । यसमहामारीका कारण विश्व नै प्रभावित भएको देखिन्छ । लाखौं जनमानस संक्रमणको सिकार भएका छन्, लाखौंको मृत्यु भएको छ, अनगिनत घरपरिवारले भोकमरीको सिकार हुनु परेको छ भने लाखौंको संख्यामा मानिसहरुले रोजगार गुमाउनु परेको छ । विश्व नै कोरोना महामारीबाट ग्रसित भएको बेला गैरसरकारी विद्यालयहरुले विद्यार्थी माथी अत्यधिक शुल्क लगाउनु र पढाई नै नभएको अवधिको समेत शैक्षिक महशुल लिनु कतिको जायज हो ? विश्व समुदाय नै कोरोना महामारीबाट जनतालाई जोगाउन लकडाउन जस्ता नियम कानून लगाएर आफ्नो देशको नागरिकहरुको सुरक्षित गर्नु परेको अवस्था यहाँहरुलाई सर्बविदितै छ । एउटा मानवको पिडा बुझ्नु र मानव माथी आएको समस्या समाधान गर्ने सबैभन्दा पहिलो कर्तव्य मानव कै हुन्छ भन्ने कुरा धार्मिक र मानवताको दृष्टिले हेर्न सकिन्छ भने आफ्नो देशको नागरिकहरुलाई सेवा सुबिधा दिनु र तिनीहरुको संरक्षण गर्नु राजनीतिक दृष्टिले सरकारको कर्तव्य र जिम्मेवारी हो । अहिलेको परिस्थितिमा जनतालाई एक छाक खाना जुटाउन धौधौ परेको बेला गैरसरकारी विद्यालयहरुले अनावश्यक महशुल अशुली गर्नु, बन्दाबन्दिको कारण ब्यापार गर्न नपाएको ब्यापारीहरुले भवन शुल्क तिर्नु , कामकाज ठप्प भएको गरीब पीडित असाहायहरुले विद्धुत महशुल तिर्नु भनेको नागरिकहरु माथी थप भार हो । नेपाल सरकारले गत वर्ष पनि कोरोना महामारी न्यूनीकरण गर्न लकडाउन लगाएको थियो । उक्त लकडाउनको प्रभाव शैक्षिक , आर्थिक , भौतिक , सामाजिक , धार्मिक , सांस्कृतिक व्यावसायिक, राजनीतिक सबै क्षेत्रमा परेको थियो । जसको नकारात्मक प्रभावकोबाट अहिलेसम्म पनि पुर्ण रूपमा जनता आर्थिक सामाजिक , शैक्षिक इत्यादि रुपले सक्रिय भएको छैन । कोरोना महामारी कै कारण शैक्षिक प्रवाह स्थगित गरियो, स्वस्थ प्रणालीमा समेत सरकारले संतोषजनक सेवा सुबिधा दिन सकेन । राजनीतिक परिवर्तन र संघर्ष निरन्तर जारी रहयो । यस्तो विषम परिस्थितिमा सरकारले जनताको मर्मलाई बुझ्दै अनावश्यक शुल्क, महशुल र भाडाहरु माफ गर्नु गराउनु अत्यन्त जरुरी छ ।

यस लेखमा म अन्य क्षेत्रहरू भन्दा पनि शैक्षिक क्षेत्रको बारेमा आफ्नो केही विचार र प्रश्नहरु राख्ने छु । सबैभन्दा पहिला त नेपाल सरकारले बनाएको शैक्षिक प्रणाली कस्तो छ ? के सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुले सबै सेवा सुबिधा पाएको छन् ? प्रत्येक वर्ष सरकारी विद्यालयबाट एस ई ई दिने जम्मा कति विद्यार्थी सहभागिता जनाएको हुन्छन् र उत्तीर्ण हुनेको संख्या कति छ ? प्राइभेट विद्यालयबाट पढ्ने विद्यार्थीहरुको पास हुने संख्या कति छ ? जबाफ अहिलेको शैक्षिक प्रणाली र विद्यालयमा रहेको शैक्षिक सेवा सुबिधा प्रसंशानिय छैन । मेरो व्यक्तिगत सर्वेक्षणमा मैले बाँके जिल्लाको अधिकांश सरकारी विद्यालयहरुमा पढेर आएको र पढ्ने विद्यार्थीहरुसंग केहि प्रश्न गर्दा यस्तो विद्यालयहरु देखे जहाँ कक्षा १० मा पढ्ने विद्यार्थीले १० वटा अङ्ग्रेजीमा नाम लेख्न सक्ने अवस्था छैन । अङ्ग्रेजी विदेशी भाषा रहेकोले अप्ठ्यारो हुन्छ मान्न सकिन्छ तर नेपालीमा समेत दुई चार वटा कठिन शब्दवाली लेख्न लगाएमा लेख्न नसक्ने विद्यार्थी पनि देखा परे । यसको कारण कि अध्यापकको लापरबाही हो कि त विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरुको शैक्षिक विकासको मुल्यांकन र ब्यवस्थापन गर्न सकेको छैन । तपाईं यदि तथ्यांक उठाएर हेर्नू हुन्छ भने सरकारी विद्यालयमा पढ्दै गरेको एसईई दिने विद्यार्थीहरु १००% मध्ये ५०% ले पनि उत्तीर्ण गरेको हुँदैनन् । बाँकी विद्यार्थी उत्तीर्ण नहुनुको कारण के ? म कक्षा १० मा अध्यनरत हुँदा मेरो एकजना अध्यापकले भन्नू हुन्थ्यो एउटा विद्यार्थी माथी नेपाल सरकारले १ लाख देखि १ लाख २० हजार सम्म कक्षा १ देखी १० सम्म लगानी गरेको हुन्छ । मत्लब एउटा विद्यालयको कक्षा १० पढ्ने यदि ३० जना विद्यार्थी छन् भने वार्षिक ३० लाख देखि ३६ लाखसम्म एउटा विद्यार्थीहरु माथी लगानी हुन्छ । ३० लाख देखि ३६ लाख लगानी गरेर सरकारले जम्मा ५ लाख बराबरको उपलब्धि प्राप्त गर्नुको कारण के ? सरकारी स्कुलको लागि आएको बजेटबाट निर्माण भएका शौचालयहरु, खानेपानी, बेञ्च, कक्षा भित्ताको पेन्टिङ लगायतको काम हुन्छ । तर त्यो काम कतिको गुणस्तरीय छ भन्ने कुरा कहिले अवलोकन हुन्न । सरकारी र गैरसरकारी विद्यालयमा पढ्ने केही विद्यार्थीहरुसंग मैले संवाद गर्दा उहाँहरुको भनाइ केही यस्तो थियो, एकजना शिवराज वर्मा हुनुहुन्छ र उहाँ नेउरी गौढी बेताहनीका विद्यार्थी हुनुहुन्छ, उहाँले भन्नू हुन्छ `जब म कक्षा १० को परिक्षा दिएको थिए त्यति बेला विद्यालयबाट करिब ३२ जनाले परिक्षामा सहभागिता जनाएको थिए जबकी २ जना उत्तीर्ण भएको थिए र ५ जना कम्पार्डमा परेका थिए । त्यस्तै साल २०६९ मा धम्भोजी माध्यमिक विद्यालय नेपालगञ्जबाट निशा थापाले भन्नू हुन्छ , `म परीक्षा दिंदा करिब ८० जना विद्यार्थी थिए तर उत्तीर्ण हुनेको संख्या १८ जना मात्र थियो´ । त्यस्तै फुल्टेक्रा माध्यमिक विद्यालय नेपालगञ्जबाट म स्वम छु जब मैले परिक्षा दिएको थिए ३७ जनाले सहभागिता जनाएको थिए जबकी उत्तीर्ण हुनेको संख्या १-५ सम्म कम्पार्ड मिलाएर थियो । परिक्षामा सहभागिता जनाउनेहरुको ५०%

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!