१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

समुदायको बीचमा शवगृह स्थानीयलाई बस्नै मुश्किल

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

केशर रोका÷प्यूठान

जिल्ला अस्पतालले विजुवारस्थित मित्रमणीचोक नजिकै समुदायको बीचमा शवगृह संचालन गर्दा स्थानीयलाई दैनिकी कटाउन मुश्किल भइरहेको छ । वर्षौदेखि समुदायको बीचमा रहेको शवगृह हटाउन आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको आरोप छ । घरदेखि दश मिटर नजिकै शव राख्दा खाना, बस्न र दैनिकी विताउन धेरै गाह्रो परिरहेको स्थानीयले गुनासो गरे । ‘न पकाउन मन लाग्छ नत खाना नै’,प्यूठान नगरपालिका–४ विजुवारका ६३ वर्षिय सत्यदेवी श्रेष्ठले भनिन्,‘शव देख्दा केटाकेटी डराउछन् । रात्रभर निद्रा सुत्दैनन् ।’ धेरैजसो बेवारिसे शवहरु हप्तौ दिनसम्म पनि राख्ने गरिएको छ । ‘अस्पताललाई घर नजिक शव नराख्न पटक पटक भन्यौ’,श्रेष्ठले गुनासो गरिन,‘मागप्रति कोही जिम्मेवार बनेनन् ।’

२० बढी घरहरु यसबाट प्रत्यक्ष प्रभावित भएको स्थानीय बालाजु श्रेष्ठले जानकारी गराए । ‘घरै छाड्ने स्थिती आइसक्यो’,उनले भने,‘समुदाय दुर्गन्धित बन्यो ।’ दिउँसोको समयमा बाहिर बस्नै नसकिने उनले अनुभव सुनाए । अस्पतालले स्टोर संचालनका लागि बनाएको एकतले भवनमा शवगृह संचालन गरिरहेको उनले बताए । ‘२० वर्ष बढी समय भयो शवगृह चलाएको’,उनले भने,‘अस्पताल व्यवस्थापन समितिलाई पटकपटक लिखित पत्राचार गर्दा पनि माग सुनुवाई भएन ।’

विजुवार–भित्रिकोट सडकहुँदै ओहोरदोहोर गर्ने सर्वसाधरण समेत प्रभावित बन्ने गरेका छन् । सर्वसाधरणले ‘नाक थुनेर’ आउजाउ गर्ने गर्छन् । माझकोट, इन्द्रेडाँडा, हल्दीखोला, सेतीपोखरी, खमाल्दी, टाकुरा, धरमपानीका स्थानीय यसै सडक भएर विजुवारमा बजार गर्न आउने गरेका छन् । कहिल्यकाही दिनमा चार÷पाँच वटा शवहरु समेत राख्ने गरेको स्थानीयले गुनासो गरे । हप्तौसम्म शव राख्दा विजुवार बजारसम्म दुर्गन्ध फैलने गरेको छ । समुदायको बीचमा रहेको शवगृहलाई छिट्टै अन्यत्र स्थानतरण नगरे बाध्य भएर आन्दोलन गर्नुपर्ने स्थानीयले चेतावनी समेत दिए ।

‘अब बर्खा लाग्न थालिसक्यो’,स्थानीय अनिता श्रेष्ठले भनिन्,‘खोलाले बगाएका शवहरु धेरै आउने गर्छन् ।’ शुरुमा अस्पताल परिसरभित्र शवगृह संचालन भएपनि पछि समुदायको बीचमा सारिएको थियो । फ्रिज बिनाको शवगृह हुँदा पनि दुर्गन्ध धेरै हुने गरेको स्थानीयको भनाई छ । शवगृहको वरपर समेत फोहोर बढ्दै गएको छ । कोठाभित्र शव राखी सम्वन्धित निकायले कोठामा ताल्चा लगाएर जाने गरेको स्थानीयले गुनासो गरे । शवको समयमै पोष्टमार्टव समेत नगर्ने स्थानीयले आरोप लगाए ।

नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय विना शवगृह स्थानान्तरण गर्न संभव नरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मेघराज पुरीले जानकारी गराए । ‘५० शैँयाको अस्पताल कार्यान्वयन हुँदा आफैँ समाधान हुन्छ’,उनले भने,‘तत्कालका लागि शवगृह हटाउने स्थिती देखिदैन् ।’ लामो समय वितिसकेकाले केही वर्ष अझै धैर्य गर्न उनले स्थानीयलाई आग्रह समेत गरे । ‘भएको संरचनालाई भत्काएर अर्को बनाउँदा गैरकानुनी हुदोरहेछ’,पुरीले भने,‘समुदायको बीचमा भएको शवगृह वर्षौदेखिको समस्याको रुपमा रहेको छ ।’

स्रोत:अन्नपुर्ण पोष्ट्र बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]

दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]