२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आफूलाई अभियान्ता भन्दै सामाजिक संजालमा उग्र अभिव्यक्ति दिने ज्वाला संग्रौला पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

(ABC-Sanchar)
काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउदै सामाजिक संजालमा उग्र अभिव्यक्ति दिने ज्वाला संग्रौला पक्राउ परेकी छन् । उनलाई प्रहरीले एक महिलामाथि हातपात गरेको अभियोगमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीसँगै अर्का दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ परेका अन्य दुई महिलाहरुमा शर्मिला वाइबा र हिमाल उपाध्याय रहका छन् ।

उनीहरुबिरुद्ध खुश्बु घिमिरेले आफूलाई कुटपीट गरेको भन्दै किटानी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफूलाई अभियान्ता बताउनु संङ्ग्रौलाले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पनि प्रहरी कार्यलय मै गएर अभद्र व्यवहार गरेको आरोप छ । उनले प्रहरीमाथि गालीगलौज गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको थियो ।

उनले प्रहरीको बर्दी खोलिदिने धम्की दिएकी थिइन् । उनीसँगै प्रहरी कार्यलय पुगेका टोलीले सहायक निरीक्षक (असई) मणिकान्त झालाई सरुवा गरेर मधेशमा पुर्याइदिने र त्यही खेति गर्न लगाउने भन्दै धम्की दिएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]