१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

घोराहीमा पश्चिम नेपालकै पहिलो फनपार्क बन्दै

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

सागर थापा

दाङ, १०असार ।।

१२ करोड लगानीमा फनपार्क बन्दै

क्रिडा तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान”को निर्माण गरीदै छ ।पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त उद्यान निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिनुभयो ।

“ बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौ” रावत ले भन्नु भयो । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उद्धेस्यका लागि सहायक सिद्ध हुने रावतले आशा व्यक्त गर्नुभयो । बाल मनोरञ्जनका सम्पुर्ण साजोसामानहरु पार्कमा उपलब्ध हुनेछन् । स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा घोराही क्षेत्रको पहिचानकालागि फनपार्क संचालनमा ल्याउन लागिएको रावतको कथन छ । व्यवसायीक हिसाबले दश जना सेयर सदस्यहरुको लगानीमा खोल्न लागिएको फनपार्कको काम करीब ३५ प्रतिसत काम सकिएको छ । फन पार्कमा एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ्ग तथा फुडिङ्ग, होटेल तथा रेष्टोरेण्ट संचालनमा ल्याउन तयारी गरीएको सेयर सदस्य अभियान बस्नेतले जानकारी दिनुभयो ।

गोरक्ष रत्न पात्र देव गुठिको बरीब चार बिगाह जग्गा ३० बर्षकालागी लिजमालिई फन पार्क संचालनमा ल्याउन लागिएको बस्नेतले बताउनुभयो । “बिदेशरुमा क्रिडा तथा मनोरञ्जनका लागि प्रसस्त स्थानहरुको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको बिकास नभएको भन्दै मानवीय जीवनमा मनोरञ्जन आवस्यक्ता परीपुर्ति गर्ने सोंच अनुरुप फनपार्क संचालनमा ल्याउन लागीएको सेयर सदस्य सुसील गीरीले जानकारी दिनुभयो । फन पार्कका् सेयर सदस्यहरुमा अभियान बस्नेत, पोषण बिक्रम रावत,सुसिल गिरी,नरेश श्रेष्ठ,नबराज श्रेष्ठ,रुपक थापा,मीन राज घिमिरे, धन बहादुर के.सी, सुनिल गीरी र अनिल बस्नेत रहनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]