०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

घोराहीमा पश्चिम नेपालकै पहिलो फनपार्क बन्दै

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

सागर थापा

दाङ, १०असार ।।

१२ करोड लगानीमा फनपार्क बन्दै

क्रिडा तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान”को निर्माण गरीदै छ ।पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त उद्यान निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिनुभयो ।

“ बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौ” रावत ले भन्नु भयो । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उद्धेस्यका लागि सहायक सिद्ध हुने रावतले आशा व्यक्त गर्नुभयो । बाल मनोरञ्जनका सम्पुर्ण साजोसामानहरु पार्कमा उपलब्ध हुनेछन् । स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा घोराही क्षेत्रको पहिचानकालागि फनपार्क संचालनमा ल्याउन लागिएको रावतको कथन छ । व्यवसायीक हिसाबले दश जना सेयर सदस्यहरुको लगानीमा खोल्न लागिएको फनपार्कको काम करीब ३५ प्रतिसत काम सकिएको छ । फन पार्कमा एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ्ग तथा फुडिङ्ग, होटेल तथा रेष्टोरेण्ट संचालनमा ल्याउन तयारी गरीएको सेयर सदस्य अभियान बस्नेतले जानकारी दिनुभयो ।

गोरक्ष रत्न पात्र देव गुठिको बरीब चार बिगाह जग्गा ३० बर्षकालागी लिजमालिई फन पार्क संचालनमा ल्याउन लागिएको बस्नेतले बताउनुभयो । “बिदेशरुमा क्रिडा तथा मनोरञ्जनका लागि प्रसस्त स्थानहरुको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको बिकास नभएको भन्दै मानवीय जीवनमा मनोरञ्जन आवस्यक्ता परीपुर्ति गर्ने सोंच अनुरुप फनपार्क संचालनमा ल्याउन लागीएको सेयर सदस्य सुसील गीरीले जानकारी दिनुभयो । फन पार्कका् सेयर सदस्यहरुमा अभियान बस्नेत, पोषण बिक्रम रावत,सुसिल गिरी,नरेश श्रेष्ठ,नबराज श्रेष्ठ,रुपक थापा,मीन राज घिमिरे, धन बहादुर के.सी, सुनिल गीरी र अनिल बस्नेत रहनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!