२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मंगलबार देशभर पानी पर्ने सम्भावना यी नदीमा पानीको बहाव बढ्ने सक्ने

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८


(ABC-Sanchar)
काठमाडौँ । मनसुन सक्रिय रहेका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी आज कन्काई जलाधारका स–सना सहायक नदीहरूमा पानीको बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको पूर्वानुमान छ । आज बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको छ ।

आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुर, मकवानपुर, सिन्धुली, कास्की, स्याङ्जा, नवलपुर, परासी, रुपन्देही, गुल्मी, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । यस्तै, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]