२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको सिसहनियाँ राप्ती पुलको छेउमा भत्किएको मर्मत कार्य सुरु

Logo
प्रकाशित बिहिबार, आषाढ २४, २०७८


(सागर थापा)
दाङ । देउखुरी सिसहनियाँ महदेवा जोड्ने पुल छेउमा भत्किएको सडक मर्मत कार्य सुरु
सिसहनियाँ २४ असार । सिसहनियाँ महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल छेउ भत्किएको सडक बिहिवार देखि मर्मत कार्य सुरु भएको छ  । बुधवारको बाढीले क्षति पुर्‍याएको पुल जोड्ने हुलाकी सडकको एप्रोच बिहिवार बिहान देखिनै पुल डिभिजन नेपालगन्जले मर्मत कार्य शुरु गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिनु भएको छ । सडक मर्मत कार्यको लागि आगामी ७ दिन सम्म आवागमन बन्द भएको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले बताएका छन्

।लगातार बर्षातका कारण आएको बाढिले बुधवार पुल नजिकैको सडकको भाग भत्किएको थियो । सडक भत्किएको खवर पाएपछि प्रमुख जिल्ला अधिकारी कुरुङवाङको टोली त्यहाँ पुगेर तत्काल सडक मर्मतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।गएको माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेका थिए । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाइ ८६० मिटर रहेको छ भने चौडाइ साढे १० मिटर रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]