१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

सवारी साधनहरुको ट्याक्स बढ्यो, कुन गाडीको कति कर तिर्नुपर्छ ?

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

(ABC-Sanchar)
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको ट्याक्स बढाएको हो ।

 

मन्त्रालयका अनुसार यस्तो ट्याक्स मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले बढाइएको छ ।

कुन मोटरसाइकलको कति पुग्यो ट्क्स ?

मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्स ३,००० रुपैयाँ पुर्याइएको छ । यसअघि यस सेग्मेन्टका सवारी साधनको ट्याक्स अधिकतम २,८०० रुपैयाँ रहेको थियो । यस्तै, १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५,००० रुपैयाँ, १५० देखि २२५ सीसीसम्मकाको ६,५०० रुपैयाँ, २२५ देखि ४०० सीसीसम्मकाको अधिकतम ११,००० रुपैयाँ पुर्याइएको छ भने ४०० सिसीदेखि ६५० र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत क्रमशः २०,००० र ३०,००० नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै विद्युतीय सवारी साधनमा ३५० बाट देखि एकहजार वाटसम्मका सवारीमा २,००० रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २,५०० रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३,००० रुपैयाँ ट्याक्स कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसको अलवा सवारी दर्ता, सरुवा दर्ता तथा सरुवा सहमति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा सहमति दस्तुर बापत समान ५०० रुपैयाँ ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुरमा पनि मोटरसाइकल तथा स्कुटरको ५०० रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ ।

अबिलम्ब शुल्क (फाइन) बापत भने पहिलो ३ महिनाको लागि एक हजार रुपैया लाग्ने र सो अवधि पछि पेश गर्नेलाई २ हजार रुपैयाँ लाग्ने बताएको मन्त्रालयले सनाखतको अवधि १ वर्षको लागि मात्र मान्य हुने बताएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]