२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँकेमा पानी नपर्दा कृषकहरुलाई कृषि गर्न चुनौती रोपेको धान सुक्दै

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

(समीर अली बेहना)
बाँके। पानी नपर्दा कृषकहरुलाई धान मकै तिल लगायतको बाली जोगाउन समस्या भएको छ । पानी नपर्दा कृषकहरुले लगाएको धान, मकै, तिल, अरहर र तरकारीहरु सुक्ने अवस्थामा पुगेका छन् ।

पानीको अभावले सुक्न लागेको धान, मकै, तिल अरहर र तरकारी जोगाउन कृषकहरुले पम्पीसेट राखेर खेत सिचाइ गरेको छन् । समयमा पानी नपाए धानको उत्पादनमा कमि आउन सक्ने कृषकहरुले बताउँछन् । धान, मकै, तिल, अरहरको बिउ छर्दा समेत पानीको अभावबाट कृषकहरुलाई ग्रसित हुनु परेको थियो । जेष्ठ १५ देखी कृषकहरुले बिउ बिजनको काम सुरु गरिसकेको थिए । केहि कृषकले वर्षाको प्रतीक्षा गर्दै जाँदा बिउ छर्न ढिलाइ भएको थियो भने केहिले नदि नाला ताल तलैयाबाट खेत सिचाइ गरेर समय मै बीउ छर्न सफल भएको छन् । बिउ छरेको कृषकहरुले बताउँछन् , कोरोना कहरमा बिउ र खाध जुटाउन विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो । जसोतसो धान रोप्न सफल भएपनी अहिले पानीको समस्या हाम्रो लागि एउटा चुनौती नै बनेको छ । खेत नजिक ताल तलैया भएका कृषकहरुले खेत सिचाइ गर्न पम्पीसिटबाट भएनी धान जोगाइ रहेको छन् । जबकी ताल तलैया नदि नाला उपलब्ध नभएको कृषकहरुलाई धान माकै तिल लगायतको बाली जोगाउन निकै कठिनाइ भएको छ । वडा नम्बर २२ पुरैनामा खेत भएको एक जना कृषक, ` दिनानाथ यादवलए बताए कि वर्षाको प्रतीक्षा गर्दै बसेको छौँ हामी , दैवले हामी माथी आफ्नो कृपा बनाएन भने यसपटक उत्पादनमा कमि आउन सक्छ । मेरो ६ बिगाहा जमीनको खेती छ, पुरै जमीनमा धान लगाएको छु । कृषि बाहेक अन्य कुनै पेशा नरहेकोले कृषि मै निर्भर छु ।´
त्यस्तै अकबर साईंले भन्नू हुन्छ, ` पानी नपर्दा बिरुवाको विकास स्थिर भएको छ । यो महिना सम्म लगाएको बिरुवाहरुको उचाई २ फिटसम्म पुग्ने गर्थ्यो तर यसपालि पानीको कमिले १ देखि ३/२ फिटसम्म मात्र भएको छ । यस्तै अवस्था रहयो भने खेती गरेको अर्थ रहंदैन ।,
वर्षाको कारण प्रभावित भएको कृषकहरुले बाली जोगाउन निकै संघर्ष गरेको देखिन्छ । उनीहरुको अनुसार एक बिगाहा खेत सिचाइ गर्न ठुलो खर्च आउने गर्छ । लगानी गरेको पैसा बराबर पनि उत्पादन भएन भने कृषि गर्नुको कुनै फाइदा हुँदैन त्यसैमा सरकारले कृषकहरुको हकमा सहि समयमा सेवासुविधा समेत पुर्‍याएको हुँदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!