१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

शनिबारबाट लामो दूरीका बसहरु चलाउन सरकारको अनुमति

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको महामारीका कारण गत वैशाखदेखि रोकिएका लामो दुरीका सवारीसाधन सञ्चालन अनुमति दिएको छ।

प्रशासनले शुक्रबार एक सूचना निकालेर लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न व्यवासायीहरुलाई भनेको हो।

प्रशासनको यस निर्णयसँगै अब देशका अन्य स्थानबाट लामो दुरीका यातायात काठमाडौं प्रवेश गर्न पाउनेछन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्को निर्णयानुसार लामो दुरीका यातायात खुलाउने निर्णय लिइएको बताए।

कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ।

मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

(एबिसि संचार ) कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ। डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।