(सर्मिला बोगटी)
धनगढी । कंचनपुरमा २५ हजार मूल्य बराबरको अवैध माछा र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। पुनर्वास नगरपालिका १० विकास बस्तीस्थित बीओपी दोदाले शुक्रबार राति नियन्त्रणमा लिएको अवैध ब्रोइलर कुखुरा र माछा नष्ट गरेको प्रहरीले जनाएको छ।
६५ केजी कुखुरा र २० केजी माछा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। माछा र कुखुरा करिब २५ हजार मूल्य बराबर रहेको र खाडलमा पुरेर नष्ट गरिएको छ।