०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

एसपी कार्की आएपछी लागूऔषध कारोबारी मुद्दामा ३८ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(महेन्द्र सिंह)
बर्दिया । प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गत आर्थिक वर्षमा गाँजा ४ किलो १ सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट ७ सय ४८ वटा नियन्त्रणमा लिएको जनाएको छ ।

बर्दिया प्रहरीले चालु आर्थिक वर्षको १५ दिन मै १९ नाईट्रोभ्याट ट्याबलेट, बा्राउन सुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित ४ वटा मुद्दामा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

एसपी कार्कीले लागूऔषध समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बर्दिया प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]