२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रचण्डको कारण देशमा राजनीतिक संकट उत्पन्न भयो : शंकर पोखरेल

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

(ABC-Sanchar)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनीतिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।

बुटवलमा सोमबार ‘जिउँदा जीवराज’ नामक वृत्तचित्र सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन/चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने बताए।
उनले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गरे। प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भएको र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लागेका उनको भनाइ छ।
अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको र अहिलेको अवस्थामा दिवंगत नेता जीवराज आश्रितको अभाव झनै खड्किएको बताए। ‘अहिले पार्टीभित्रको अनुशासन उल्लंघन गर्दै पार्टीलाई नै जुन हाकाहाकी चुनौती दिँदै हिँड्ने काम भएको छ, आश्रित हुनुभएको भए उनीहरूले (प्रचण्डहरूले) माफी पाउने थिएनन् र अनुशासन उल्लंघन गर्ने आँट पनि गर्ने थिएनन्।’
पार्टीको अनुशासनमा नबस्ने जोकोहीलाई पनि ढिलोचाँडो कार्यकर्ताले दण्डित गर्ने पोखरेलले बताए। हिजो राज्यसत्ताविरुद्ध आन्दोलन छेड्ने आश्रितको योगदानबाट बलियो बनेको एमालेका कतिपय नेता नै अहिले सत्ताका लागि पार्टीलाई कमजोर बनाउँदै पार्टीकै विरुद्ध लागेका बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]