२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नवलपरासी प्रहरीले १८ लाख नेपाली रुपैया सहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

ABC (क्राईमबिट)
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित परासी – नारायण चोक हुलाकी सडक खण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षिय योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने बर्ष २७ को समिर खान रहेका छ्न । पक्राउ परेका यादव र खानको साथबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार भा.रु.), भारतिय ५ सयका ९७२ थान नोट ( ४ लाख ८६ हजार भा.रु.) गरी ९ लाख भारतिय रुपैया साथै नेपाली १ हजारका १ हजार ६९ थान नोट (१० लाख ६९ हजार रुपैयाँ) र ५ सयका १५ सय ६२ थान नोट ( ७ लाख ८१ हजार रुपैयाँ) गरी १८ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादव र खानले उक्त रकमको श्रोत खुलाउन नसकेकाले उक्त रकम शंकास्पद रहेको कारण दुबै जनाको साथमा फेला परेको रकम, निजहरुले प्रयोग गरेको मोटरसाईकल सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासी ले जानकारी दिएको छ ।
नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]