२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बजारको फोहोर व्यवस्थापन गाउँपालिकासंग छुट्टै समन्वय गरेर ब्यबस्थापन गर्ने सिडियो:कुरुङ्बाङ

Logo
प्रकाशित शुक्रबार, साउन २२, २०७८

(ABC-Sanchar)
दाङ । भालुवाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजार फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ । बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड नहुँदा बजार क्षेत्रका स्थानीय तथा व्यापारीले फोहोरलाई सिधै राप्ती पुलबाट नदीमा फाल्ने गरेका कारण बजार क्षेत्र दुर्गन्धित हुँदै जान थालेको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रवेशद्धारमै फोहोरको डुंगुर थुप्रिदै जाँदा बजारको स्वरुप समेत बिग्रिदै जान थालेको छ । नदीमै फोहोरको च्याङ लाग्दा समेत स्थानीय सरकारले फोहोर व्यवस्थापनमा पहल नगर्दा स्थानीय तथा सरोकारवालाहरुले पनि प्रश्न उठाउन थालेका छन् ।

भालुवाङ बजार सहित लालमटिया, मौरीघाट, पिपरी, सिसहनियाँ लगायत बजार क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । हुन त फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले भेला, छलफल नगरेको होइन । तर फोहोर व्यवस्थापनका लागि चाहिने मुख्य समस्यानै जग्गा रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको भनाई रहेको छ ।
शुक्रवार दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा होटल पौवाको सहकार्यमा आशाका किरण संस्थाले आयोजना गरेको फोहोर व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुवेदीले सार्वजनिक जग्गा नभएकै कारण फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताए । प्रमुख अतिथि समेत रहेका अध्यक्ष सुवेदीले स्थानीय सामुदायिक वनले जग्गा उपलब्ध नगराउँदा र यहाँका स्थानीयहरुको अहम्कारीताले गर्दा फोहोर व्यवस्थापनमा समस्या आएका बताएका छन् ।

यस्तै कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले छुट्टै भेलाको आयोजना गरी कार्यपालिकाबाट निर्णय गरेर ल्याए आफुले गर्नुपर्ने काममा गाउँपालिका सँग समन्वय गर्न तयार रहेको बताए ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका महासचिव नारायण शर्मा, बातावारणप्रेमी होमप्रसाद शर्मा, विपी खनाल, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, प्रगतीनगर तेस्रो शहरी खानेपानी आयोजना सिसहनियाँका अध्यक्ष शान्तराज शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद महेश रिजाल, पत्रकार जमिर शाहा लगायतका वक्राहरुले आ आफ्नो भनाई राखेका थिए ।

पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रम सुरु हुनु भन्दा पहिला राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, संघ संस्थाका प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको टोलीले भालुवाङ बजार र राप्ती नदीमा फालिएको फोहोरको स्थलगत अवलोकन समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]