२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

२४ घण्टा नवित्दै मोटरसाइकल चोरी गर्ने २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । किर्तिपुर नगरपालिका ९ नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको बा९४प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका-७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका-२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाइकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका-९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका-९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका-५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]