२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बागमती प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्यामा वृद्धि

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ । बागमती प्रदेशका १३ जिल्लामा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

 

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्याका घटनामा १०.८० प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशमा कूल ९ सय ३५ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ३६ जनाले आत्महत्या प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्क रहेको छ ।

बागमती प्रदेशमा विष सेवन, भुण्डिएर, हाम फालेर र अन्य केही माध्यमको प्रयोग गरी आत्महत्या हुने गरेको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौँडाका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा झुण्डिएर गरेर सबैभन्दा बढी झुण्डिएर ६९७ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै विष सेवन गरेर २ सय २२ जना, पानी वा भीरमा हाम फालेर १२ जना र अन्य धारिलो हात हतियारको प्रयोग गरेर ४ जनाले आत्महत्या गरेका थिए ।

गत आर्थिक वर्ष २०७७/७८ मा भने झुण्डिएर ७ सय ७७ जना, विष सेवन गरेर २ सय ४३ जना, आफ्नै ज्यानमा आगो लगाएर २ जना, पानी वा भीरबाट हाम फालेर १२ जना र करेन्ट लगाएर २ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्या गर्नेको सङ्ख्या चितवनमा सबैभन्दा बढी

जिल्लागत रूपमा हेर्ने हो भने बागमती प्रदेशको १३ वटा जिल्ला मध्ये चितवनमा सबैभन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेका छन् ।

गत आर्थिक वर्ष २०७७/७८ मा चितवनका २ सय १९ जनाले आत्महत्या गरेका छन् भने अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७९ जनाले विभिन्न माध्यमको प्रयोग गरी आत्महत्या गरेका छन् ।

त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरका १ सय ४० जना, सिन्धुलीका ६२ जना, रामेछापका ६५ जना, दोलखाका ७० जना, काभ्रेका १ सय ३६ जना, सिन्धुपाल्चोकका १ सय १० जना, नुवाकोटका ८६ जना, धादिङका १ जना ४२ र रसुवाका ६ जनाले विभिन्न माध्यमको प्रयोग गरी आत्महत्या गरेको प्रहरीले उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने मकवानपुरमा १ सय ४६ जना, सिन्धुली ८१ जना, रामेछापका ५० जना, दोलखाका ५८ जना, काभ्रेका १ सय ३६ जना, सिन्धुपाल्चोक १ सय १५ जना, नुवाकोटका ६५ जना, धादिङका ९७ जना र रसुवाको ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दा दर्तामा कमी

बागमती प्रदेशमा आत्महत्याको घटनामा वृद्धि आए पनि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्तामा भने कमी आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा दर्तामा कमी आएको छ ।

बागमती प्रदेशका १३ जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा आत्महत्या दुरुत्साहन सम्बन्धी कूल १५ वटा मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्ष २०७७/०७८ मा १४ वटा मात्र आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा चितवनमा ७ वटा, दोलखामा २ वटा, काभ्रेमा ३ वटा, सिन्धुपाल्चोकमा १ वटा, नुवाकोटमा १ वटा र धादिङमा १ वटा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भने चितवनमा ३ वटा, सिन्धुलीमा ३ वटा, रामेछापमा १ वटा, सिन्धुपाल्चोकमा ४ वटा, नुवाकोटमा १ वटा र धादिङमा ३ वटा मुद्दा दर्ता भएका छन् । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]