१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

आम नागरीकहरुको जिउ धनको सुरक्षामा अग्रपंत्तिमा रहन डिआइजी आचार्यको : निर्देशन

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मुकुन्द राज आचार्यले आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षणमा डिआइजी आचार्यले निर्देशन दिदै भने । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरि आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा विशेष जोड दिइने पनि उनले बताए । एबिसी संचार कर्मीहरुसंग कुराकानी गर्दै उनले विपद् व्यवस्थापन लगायतका कार्यमा विशेष सक्रियताका साथ लागी पर्दै, प्रहरी कति पनि विचलित नभइ नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरि नागरिकलाई छिटो छरितो एवं
पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्नेसमेत उनले जानकारी दिए ।

शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतिलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्दतिबाट लुम्बिनी प्रदेशका जनताहरुलाई प्रत्याभुत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा विशेष जोड दिए । खुला सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सिमावर्ती क्षेत्रमा हुने विविध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाढी बढ्ने पनि डिआइजी आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!