ABC (क्राईमबिट)
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको हो ।
उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर–१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ । यद्यपि उनीहरूको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन ।
उनीहरूका साथमा अरू पनि तस्करहरू रहेका हुन सक्ने आशंकासहित निकुञ्जले खोजी गरिरहेको जनाएको छ ।