१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

रुपन्देही प्रहरीको ठुलो सफलता भारतीय चालकको हत्यागरी चामल लुटपाट गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८

ABC (क्राईमबिट)
भैरहवा । भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले साउन २० गते नै सिद्धार्थनगर नगरपालिका वडा नं १३ डण्डा खोलामा पानीमा तैरिरहेको अवस्थामा चालक भारत महाराजगंज ग्राम एकडेगवा टोल बस्ने तौफिक अहमद पठानको सव फेला परेको थियो। पठानको हत्यामा संलग्न रहेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडा नं ६ निवासी ३० वर्षिय सद्धाम कुजडा, सोही स्थानका २७ बर्षिय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षका महेश कहार र तनहुँ शुक्लागण्डकी १० बस्ने २७ वर्षका सुनिल पौडेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको हो।
भारतीय नम्बर प्लेटको युपी ५३ एटि ०१४१ नम्बरको ट्रकका चालकको हत्या गरि उनीहरुले ट्रकमा रहेको चामल लुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए ।भारतबाट नन्दकिशोर यादवले काठमाडौं स्थित संग्रिला कम्पनीका नन्दन गूप्ताको नाममा पठाएका थिए ।
घटना बिवरण अनुसार काठमाण्डौका लागि आएको चामल भारतीय चालकले नै गन्तव्यमा पु¥याउनु पर्ने भए पनि व्यापारीले भैरहवा स्थित एक व्यक्तिलाई पैसा लिएर यतै बेच्ने भएपछि सूचना बाहिरीदा हत्याको घटना भएको प्रहरीको भनाई छ।रुपन्देहीको रोहिणी गाउँपालिकाको पोखरभिण्डी ससुराली भएको चालक पठान चामल लिएर नेपाल आउने जानेका गरेका थिए।
चामल नेपाल आउदैछ भन्ने सूचना सिद्धार्थनगर नगरपालीका सद्धाम कुजडाले काठमाडौंका नन्दन भन्ने ब्यापारीले चामल मगाएको भन्ने पता लगाएर उनको मोवाईल नम्बर खोजी गरी दोस्रो ब्यापारीका रुपमा नन्दनसंग पटक पटक कुरा गरी चामल लुटिएको प्रहरीको भनाई छ ।
काठमाडौंका ब्यापारी नन्दन र सिद्धार्थनगका सद्धाम बिच प्रत्यक्ष चिनजान नभए पनि नगद कारोबारमा चामल खरीद गर्ने भन्ने फोनमा डिल भए पछि गाडी चालकसंग सम्पर्क गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ। काठमाडाैँका ब्यापारीले गाडी चालकलाई भैरहवा भन्सारमा साउन २० गते भन्सार सम्बन्धित सबै काम सकेपछि भन्सारदेखी करीब एक किलोमिटर बाईपास रोडमा आइ सद्धाम कुजडा, रिजवन भन्ने अलि मुसलमान र महेश कहारले चालकसंग बसी मादकपदार्थ सेवन गरेको र राति हिड्दै डण्डा खोला नजीक पुगेपछि ईट्टा प्रहार गरि खोलामा फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि ट्रक लिएर नवलपरासीको भुमहीमा लगी दुई वटा नेपाली ट्रकमा चामल अनलोड गरि भारतीय ट्रकलाई पुन फर्काएर सुनौली पु¥याइ छाडेको अनुसन्धानमा खुलेको रुपन्देहीका प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए ।
दुई वटा ट्रकमा रहेको चामललाई तनहुका सुनिल पौडेललले अर्को चामलको बोरा तयार गरी नयां ब्राण्ड्को चामल बनाएर बिक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागी उनिहरुले चामलको बोरो समेत बनाईसकेको प्रहरीको भनाई छ । प्रहरीले लुटिएको चामलसहित हत्या र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडी बढाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!