१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

उपमहानगरपालिकाले व्यवसाय गर्न राखेका ढेब्लीमा डोजर चलाए पछी पीडित भन्छन हामी भोकै मर्ने ?

Logo
प्रकाशित बुधबार, साउन २७, २०७८


(ABC-Sanchar)
दाङ तुल्सीपुर बजार अव्यवस्थित भएको भन्दै २०७६ जेठमा तुलसीपुर बसपार्कमा १७ घर भत्काइयो । सडक विस्तारका लागि भन्दै दाङ–सुर्खेत सडकखण्डको घोराही रोडदेखि बसपार्क आसपासमा सडक मापदण्ड भन्दा बाहिर रहेका सबै घर भत्काउने सहमति अनुसार ति घर भत्काएको भएपनि अहिलेसम्म अन्य घर नभत्काएको पीडितहरुले गुनासो छ । ‘सडक साँघुरो भएकाले व्यवस्थित र फराकिलो सडक बनाउने भन्दै हाम्रो दुई÷तीन तलाका घर हटाइयो, तर, हाम्रो भन्दा अरुका घर फालिएन’, पीडित धनबहादुर बुढाले भने ।
सडकका घर भत्काउने सन्दर्भमा कुरा नमिलेपछि अहिले हात्तिखौवादेखि विरेन्द्रचोकसम्म विस्तार गर्ने भनेको चारलेन घोराही रोडमै सीमित गरिएको भन्दै कसैलाई काखा र कसैलाई पाखा गरेको उनको गुनासो छ । दाङ–सुर्खेत सडकखण्ड अन्तर्गत घोराही रोडचोकदेखि बसपार्कसम्म धेरै घरहरु सडक मिचेर बनाएको भएपनि कसैका घर पनि भत्काउन आँट नगरेको अर्का पीडित तेजबहादुर बिकले बताए ।
त्यतिबेला बसपार्क पिपलबोटा ओरालोका १७ जनाको घर भत्काएको भएपनि १० जनाले घर भत्काएर बाँकी रहेको जग्गामा अर्को नयाँ घर निर्माण गरे । उनीहरु त्यहीमा‘सेटल्ड’ भइसकेका छन् । बाँकी सातजनामध्ये अन्य दुई जना त्यहाँबाट विस्तापित भइसकेका छन्, भने ५ जना अलपत्र अवस्थामा छन् । धनबहादुर बुढा क्षेत्री, पथबहादुर बुढाथोकी, कमल साहु, तेजबहादुर विक र कर्णबहादुर डाँगी त्यहाँका पीडित व्यवसायी हुन् । उनीहरुले पहिले आफ्नै घरमा व्यवसाय गरेका थिए । अहिले घर फालेपछि व्यवसाय गर्ने ठाउँपनि नभएको बताउँछन् । उनीहरुको व्यवसाय चौपट छ । सामानहरु घरभित्र थन्काउनु पर्ने अवस्था रहेको छ ।
घर भत्काउने क्रममा घरबारविहीन भएकाहरुलाई बसोबासका लागि व्यवस्था मिलाउने तथा व्यसायीहरुका लागि उचित स्थानमा व्यवसाय गर्न दिने सम्झौता भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नभएको भन्दै पीडितहरु आक्रोशित भएका छन् । ‘हामी पाँचै जना व्यवसायी हौं, हामीलाई उचित व्यवसाय गर्ने व्यवस्था मिलाउने सहमति भएको हो’, पीडित व्यवसायी पथबहादुर बुढाथोकीले भने‘ तर, हाम्रा घर भत्काएको २६ महिना वित्यो, हामीलाई उद्दार गर्ने विषयमा कुनै चासो दिएको छैन ।’
व्यवसाय ठप्प भएपछि केही दिनअघि आफूहरुले तुलसीपुर बसपार्कको खाली ठाउँमा ठेब्ली राखेर व्यवसाय गर्न सुरु गरेको भएपनि उपमहानगरपालिकालको डोजर आएर फालिदिएको गुनासो पनि उनीहरुको छ । ‘हामी पाँच जनाले पाँच वटा ढेब्ली राखेका थियौ, एउटा ढेब्ली बनाउन डेढलाख लगानी भएको छ, तर त्यो पनि फालिदियो’, पीडित कमल साहुले भने ‘नजिकै उपमहानगरपालिकाले कोशेली घर बनाएको छ । त्यो कोशेली घरले सडकलाई कुनै अवरोध नहुने, त्यो भन्दा पछाडी राखेका हाम्रा ठेलाहरुले सडकलाई असर गर्ने पनि हुन्छ र?’ त्यो कोशेली घरमा राख्न पनि उनीहरुले माग गरेका थिए, तर आफूहरुलाई थाहै नदिएर कोशेली घरमा अरु व्यवसायी राखेको समेत उनीहरुको गुनासो थियो । सभार नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!