१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दाङमा १६ सय धरौटी तिर्न नसक्दा एक युवक जेल चलान

Logo
प्रकाशित बुधबार, साउन २७, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १० जलौर निवासी देब बहादुर चौधरीका १९ बर्षीय छोरा रुपेश चौधरी रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
गएको साउन १३ गते जिल्ला प्रशासन कार्यालयले युवक विरुद्ध प्रहरीहरु संग बादविवाद गरी शान्ति विरुद्धको कसुर गरेको भन्दै मुद्धा चलाएको थियो । उनलाई प्रशासनले साउन २५ गते १६ सय रुपैयाँ धरौटी तोकेको थियो ।
१६ सय रुपैयाँ धरौटी बुझाउन नसकेपनि दैनिक ३ सय रुपैयाँ कट्टा हुने गरी साउनको २५ गते देखि लागु हुने गरी कारागार चलान भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय दाङका नायव सुब्बा कुबेरजंग खड्काले दिएको जानकारी अनुसार युवकको परिवारका कुनै पनि सदस्य अहिले सम्म सम्पर्कमा आएका छैनन् । युवकले यो बिचमा बाँकी धरौटी बुझाएमा रिहा हुने नासु खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!