१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

चोरी भएको मोटरसाइकल पार्टपुर्जा सहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८

(ABC-Sanchar)
रुकुम । गोप्य सुचनाका आधारमा चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नलगाड नगरपालिका–२ छेप्काका नवराज पुन र सैफुल आलामलाई चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई पुनकै घर नजिकैबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ बाट कर्णाली प्रदेश ०२००१ प ६२२२ नम्बरको २२० सि.सी.को कालो रंगको मोटरसाईकल घरबाहिर पार्किङ गरेको अबस्थामा चोरी गरि पार्टपुर्जा निकालेर लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा चलान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!