२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा प्रहरीले पेस्तोलसहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २९, २०७८


ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका १५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।

ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भैरहेको एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]