१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

लुम्बिनी ब्युरो र कपिलवस्तु प्रहरीले रेड पाण्डाको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २९, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । प्रहरीले दुर्लभ रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले बाणगंगा नगरपालिकाको सिद्धिपुरबाट झापाको जिल्ला बिर्तामोड नगरपालिका–५ शनिश्चरेका खगेन्द्र पुरी, आशिष जोगी र सौरभ राजवंशीलाई प्रहरीले पक्रेको हो ।

सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेडपाण्डाको छालाको कारोबार भइ रहेको सूचनाका आधारमा गएराति लुम्बिनी प्रदेश प्रहरी र कपिलवस्तु प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो ।

प्रहरीले लजको कोठा नम्बर १ सय ४ बाट २ वटा रेडपाण्डाको छाला र एउटा रेड पाण्डाको पुच्छर फेला पारेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!