ABC (क्राईमबिट)
काठमाडौं । साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ। प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ। सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन्। अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो।
आइजीपी र एआइजीको तलब स्केल बराबर छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ। नेपाल पुलिसबाट