२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दघाटका प्रहरी निरीक्षक वाग्लेको मृत्युबारे छानबिन समिति गठन

Logo
प्रकाशित शुक्रबार, साउन २९, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

शुक्रवार गृह मन्त्रालयले घटना सम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय अगाडी पूर्व-पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गत २५ गते प्रहरी निरीक्षक वाग्लेलाई ठक्कर दिएको थियो। ठक्करले घाइते उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको थियो।

यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीको समिति गठन भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थलगत अध्ययन गरी सत्य तथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेस भनेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले घटनामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यलाई कारबाही गर्न माग गरेका थिए। प्रहरी निरीक्षक वाग्लेलाई दबाब दिएकोले मानसिक रूपमा असन्तुलित भएर अचेत अवस्थामा बाटो काट्ने क्रममा दुर्घटना भएको उनले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]