२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भालुबाङ पुगेर शहरी बिकास मन्त्री डिल्लि चौधरीले गरे पदभार ग्रहण,

Logo
प्रकाशित शनिबार, साउन ३०, २०७८


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले ब्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ्ग गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने तयारी भइरहेको बताए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।
`अर्को कुरा देशमा अहिले कोभिड तिब्र गतिमा फैलिरहेको छ, यो रोग बाट हामी सबै बाच्नु पर्छ बचाउनु पर्छ, सबै कार्यकर्तालाई सजग र सचेत रहन आग्रह गर्दछु ।´ मन्त्री चौधरीले भने ।

पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहिद श्रीनारायण चौधरीको शालिकमा मालर्याल्पण गरेका थिए। मन्त्री भएर चौधरी गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइंचो लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]