२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके जिल्ला ट्राफिक प्रमुख भण्डारी एक्सनमा मोडिफाइ सवारीसाधनहरु धमाधम कार्वाहीमा

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८


(सागर थापा/महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने मोटरसाइकल सवारी साधनमाथि धमाधम कारबाही
सुरु गरेको छ ।

मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले बताए ।

बाँके ट्राफिक प्रमुख भण्डारीले कम्पनीको फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको समेत उनले ट्राफिक प्रमुख भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालयको संयुक्त अप्रेसनमा मोटरसाइकल र सवारी साधनलाई नियन्त्रणमा लिएर छोडेको थियो । ​नियन्त्रणमा लिइएका मोटरसाइकल र सवारी साधनलाई १५०० सय रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएर मात्र ट्राफिकले जानदिएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]