२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुन र पैसा बरामदको विषयमा प्रहरीले प्रक्रिया पुर्‍याएरै भारतीय प्रहरीलाई बुझाइएको स्पष्टोक्ति

Logo
प्रकाशित मंगलबार, भाद्र ०१, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्‍याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ।

भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र रु १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आज एक विज्ञप्तिमार्फत विधि र प्रक्रिया अबलम्वन गरी भारतमा बुझाइएको जनाएको छ।

‘उक्त बरामद सुन र नगद डोटी प्रहरीले प्रहरी प्रधान कार्यालय र भारतीय दूतावासका प्रतिनिधिको समन्वय र रोहवरमा कूटनीतिक कार्यविधि र प्रक्रिया पूरा गरी इन्टरपोल शाखामार्फत पीडितको अक्तियारनामा लिई कानूनबमोजिम आवश्यक कारबाहीका लागि दिल्लीको नेशनल सेन्ट्रल ब्यूरोका अधिकारिक प्रतिनिधिलाई जिम्मा लगाएको ब्यहोरा जानकारी गराइन्छ’, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमार्फत प्रहरीले नेपाल प्रहरीको शाख र छविमा आँच पुर्‍याउने किसिमका गतिविधिको भ्रममा नपर्न पनि अनुरोध गरेको छ। केही महिनाअघि प्रहरीले डोटीबाट नगद रु १० लाख र एक हजार १०० ग्राम सुन बरामद गरेको थियो। उक्त सुन र नगद भारतबाट चोरी गरी ल्याइएको र स्वयं पीडितपक्ष नै प्रमाणसहित नेपाल आएपछि कूटनीतिक माध्यमबाट कानूनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सुन र नगद भारतको प्रहरी अधिकारीलाई बुझाइएको प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]