२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीले सीमा नाकाबाट ४ लाखको रुद्राक्ष माला पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८


ABC (क्राईमबिट)
कञ्चनपुर । सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट रु चार लाख मूल्य बराबरको भारत तस्करी हुनलागेको रुद्राक्षमाला आज बरामद गरेको छ।

बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो।

बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो।
रुद्राक्ष मालाको अवैध कारोवारमा संलग्नको खोजी जारी रहेको उहाँको भनाइ छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]