२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सङक्रमितहरु सन्चो भएर पछी रुकुम पूर्वका सबै आइसोलेशन खाली हुँदै

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८


(ABC-Sanchar)
रुकुम पूर्व । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ ।

जिल्लास्थित सबै आइसोलेशनमा रहेका सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ सङ्क्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिए । पुथाउत्तरगङ्गा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।

अहिले जिल्लामा २५सक्रिय सङ्क्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । उनका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित घट्दै गएको पाइएको छ ।

अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्यचौकीबाट कोरोनाको परीक्षण भइरहेकामा सङ्क्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गीरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]