२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

१८ किलो लागुऔषध चरेशसहित मुद्दाका १ फरार प्रतिवादीलाई पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८


ABC (क्राईमबिट)
बिरगंज । २०७० जेठ २६ गतेदेखि फरार पर्साको साविक मिर्जापुर गा.वि.स वडा नम्बर ९ र हालको परिवर्तित छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी ५१ वर्षीय रामेश्वर महतोलाई छिपहरमाई गाउँपालिका वडा नम्बर ५ इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आफ्नै घरमा रहेको शौचालय पछाडी परालमा छोपी लुकाई छिपाई राखेको अवस्थामा ३६ वटा प्याकेटमा भएको १८ किलो लागु औषध चरेश बरामद गरेको मुद्धामा वारदात पश्चात महतो फरार रहेका थिए ।

यसैबिच अन्य ५ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीय अनिल सहनी, सोही ठाउँका ४० वर्षीय किशोर सहनी र ५० वर्षीय भरत सहनीलाई पक्राउ गरेको हो ।

त्यसैगरी लागु औषध चरेश मुद्दाका फरार प्रतिवादी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ निवासी ५२ वर्षीय शेखर महतोलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]