२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नवलपरासी प्रहरीले ३ लाख बढीको अबैध खसी,बोका पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८


ABC (क्राईमबिट)
नवलपरासी । भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामानरू प्रहरीले बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका शनिबार बिहान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं। ४ टि।सि।एन चोकबाट बरामद गरेको हो । बरामद खसी, बोकाको करिब २ लाख ८० हजार मुल्य बराबर रहेका छन् । यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको ऐर फिल्टर, फलामको फेन, कुलिन पार्टस, बेरिङ, गेर आयल, डिजेल फिल्टर लगायतका बिभिन्न मोटर पार्टका सामान सोही स्थानबाट प्रहरीले बरामद गरेको छ ।

बरामद सामानहरूको करिब ४३ हजार ८ सय ५० मुल्य बराबर रहेको छ । प्रहरीले बरामद गरेका २८ जिउ खसी,बोका र सम्पुर्ण मोटर पार्टका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख मनोज यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]